नवलपुर । नवलपुरको कावासोती १ बालुवा डाँडामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।
मृत्यु हुनेमा बुलिङ्गटार ३ घर भई हाल कावासोती बस्दै आएका अन्दाजी २० वर्षीया पवित्रा मश्राङ्गी मगर र ३० ३२ वर्षीय पुरुष रहेका छन् । मृतक पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल पुर्याइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
घाइतेमध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको थप उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिए ।
घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुहरुको उद्धार गरेको थियो ।
Discussion about this post