म्यान्मा । म्यान्माको अन्डमान सागरमा करिब ३० जना सवार डुंगा डुबेको छ । उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले ११ वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी बेपत्ता छन् ।
दक्षिणी तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एकजना भिक्षुले नाम नबताउने सर्तमा भने ‘हामीले आइतबार राति १० वटा र सोमबार बिहान एउटा शवलाई पानीबाट बाहिर निकालेका छौँ ।’
भिक्षुका अनुसार डुंगामा अधिकांश विद्यार्थीहरू थिए उनीहरू दुई हप्ताको बिदापछि गाउँबाट म्येइक सहर फर्किरहेका थिए ।
डुङ्गा अत्यधिक भारमा कारण डुबेको जनाइएको छ । स्थानीयहरूले मृत शरीरको पहिचान गरी दाहसंस्कार गरिसकेका छन् भने स्थानीय तथा उद्धार टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
म्यान्मामा समुद्र तट र नदीहरूमा डुंगालाई आवतजावतका लागि यातायातको साधनको रूपमा प्रयोग गर्ने गरिन्छ । डुंगा दुर्घटनाका कारण म्यान्मामा असामहिक मृत्यु हुने जोखिम पछिल्लो समय बढेको देखिन्छ । समुद्रमा हुने यस्ता दुर्घटनामा पर्नेहरूको विरलै रूपमा सकुशल उद्धार हुने गरेको छ ।
Discussion about this post