पाँचथर : अरिङ्गालले चिल्दा पाँचथरमा एकजना युवकको ज्यान गएको छ ।
फिदिम नगरपालिका वडा नम्बर ६ निवासी २६ वर्षीय सुवराज तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीका अनुसार तुम्रोकलाई कात्तिक ७ गते सॉझ अरिङ्गालको गोलो झार्ने क्रममा गोलो खनिएर चिलेका थिए ।
धेरै वटा अरिङ्गालले एकैसाथ शरिरका विभिन्न अङ्गमा चिल्दा गम्भिर बिरामी हुनु भएका तुम्रोकलाई स्थानीय मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि सदरमुकाम फिदिम ल्याउन लाग्दा घरैमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (इन्स्पेक्टर) बेनिलाल साहले जानकारी दिए ।
तुम्रोकको शव पोष्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याइएको छ ।
Discussion about this post