इटहरी : इटहरीमा रहेको नव दृष्टि आँखा अस्पतालले सप्तरीमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । शिविरमा ६९१ जना सेवाग्राही लाभान्वित भएका छन् भने ६२ जनाले मोतियाविन्दुको अप्रेसन गराएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी, महादेवा गाउँपालिका ५ र ३ नं. वडाका विभिन्न ठाउँमा निःशुःल्क शिविर आयोजना गरिएको दृष्टि विज्ञ राकेश थापाले जानकारी दिए ।
उनकाअनुसार शिविरमा निःशुल्क आँखा जाँच गरिएको थियो । जसमा मोतियाविन्दु देखिएका ६२ जनालाई इटहरीस्थित अस्पतालमै ल्याएर अप्रेसन गरिएको छ ।
बिरामीहरूको निःशुल्क अप्रेसनसँगै बिरामीलाई बस्ने व्यवस्था गरिएकोअस्पतालकी अध्यक्ष डा. पूजा गौतम राईले बताइन् । उनले भनिन्, ‘यसअघि पनि हामीले कोशी प्रदेशका पहाडी जिल्लासहितका ठाउँमा निःशुल्क शिविर आयोजना गरेका छौँ ।’
उनले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर आयोजना गरेको बताइन् ।
Discussion about this post