विराटनगर : मोरङको रंगेलीमा घाँस काट्न गएका वृद्धको शव पानीमा डुबेर मृत्यु भएको अवस्थजामा भेटिएको छ । शुक्रबार राति वृद्ध मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार रंगेली नगरपालिका–९ महिनाबारीका ६४ वर्षीय लखन सतारलाई मृत फेला पारिएको छ ।
घाँस काट्न भनेर शुक्रबार अपरान्ह हिँडेका उनी बेलुकासम्म घर नफर्किएपछि आफन्त र परिवारका सदस्यले खोजी थालेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले खोजी गर्ने क्रममा स्थानीय झमक मगरको खेतको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको जानकारी दिए ।
उनका अनुसार घटनाका बारेमा राति ११ः३० बजेतिर स्थानीयले प्रहरीलाई जानकारी गराएका हुन् ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा पठाएको छ ।
सतारको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।
Discussion about this post