विराटनगर : मोरङमा इँटाको पर्खाल ढलेर किच्दा नाबालिकाको मृत्यु भएको छ ।
बुधबार साँझ ५ः२५ बजेतिर रंगेली नगरपालिका–८ निचामारीका कसरलाल ताजपुरियाकी २ वर्षीया छोरी शोभा ताजपुरियाको र्खाल ढलेर किच्दा मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार घरसँगै टाँसेर कूल मन्दिरलाई बार लगाउन बनाइएको पर्खाल ढलेर किच्दा नाबालिका गम्भीर घाइते भएकी थिइन् ।
खेलिरहेको अवस्थामा पर्खाल झरेर किच्दा घाइते उनलाई बुबा कसरलालले उपचारका लागि रंगेली अस्पताल ल्याएका थिए । अस्पताल ल्याइपुर्याउनसाथ साँझ ५ः४५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।
Discussion about this post