इलाम : रोङ गाउँपालिका–६ रम्भ्याङमा रहेको सरस्वती माविमा देउसी भैलोबाट सङ्कलित रकमले मन्दिर निर्माण गर्ने भएको छ । विद्यालयले देउसी दानबाट सङ्कलित १ लाख १ हजार ४४७ रुपैयाँ सङ्कलन गरेको छ ।
सो रकमले मन्दिर निर्माण गरिने जनाइएको छ । विद्यालयले नगद सहित निर्माण सामाग्री समेत प्राप्त गरेको जनाइएको छ । प्रधानाध्यापक गोविन्द पौडेलका अनुसार पाँच हजार भन्दा माथि दान गर्ने दाताहरूको नाम शिलालेखमा राखिने छ ।
मन्दिर निर्माणको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र सरोकारवालाहरूले मन्दिर निर्माण स्थलको छनौट गरी अपुग रकम रोङ गाउँपालिकालाई लागत साझेदारी प्रस्ताव गर्ने निर्णय गरेको छ ।
साथै स्वैच्छिक दाता, पूर्व विद्यार्थी, पूर्व शिक्षकहरूसँग सहयोगको अनुरोध समेत गरिने भएको छ । आगामी वसन्त पञ्चमीमा उद्घाटन गर्ने लक्ष्य सहित मन्दिर निर्माण प्रक्रिया अघि बढाइने बताइएको छ ।
Discussion about this post