ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका लगायत अन्य केही पालिकाहरुमा जग्गाको कित्ताकाट नखुल्दा समस्या भईरहेका बेला मोरङको बेलबारी नगरपालिकामा चैत १२ गते आईतबारदेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ ।
लामो समयदेखि बन्द रहेको कित्ताकाट आईतबारदेखि खुल्ने निर्णय गरिएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिएका छन । नयाँ नियमावलीले जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न रोकेको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि तथा गैरकृषि क्षेत्र भनेर वर्गीकरण नगरी जग्गाको कित्ताकाट रोकिएको थियो । बेलबारी नगरपालिकाले सोही कार्य सम्पन्न गरिसकेको र कित्ताकाट खोल्ने निर्णय भएको कार्कीले जानकारी दिए । तत्कालका लागि कित्ताकाटका लागि बेलबारी नगरपालिकाको सिफारिस अनिबार्य गरेको समेत कार्कीले जानकारी दिएका छन ।
उता ईटहरीमा कित्ताकाट नखुल्दा समस्या भएको स्थानीय गुनासो गर्छन । कित्ताकाट नखुल्दा घरजग्गा लगायतको कारोबार ठप्प रहेको छ । कार्यपालिका बैठकबाट निर्णय गरेर कित्ताकाट खोल्नुपर्नेमा विवादपछि ईटहरी उपमहानगरको कार्यपालिका बैठक नै बस्न सकेको छैन । बैठक नबस्दा कित्ताकाट लगायतका बिषय अन्यौलमा परेका छन ।
Discussion about this post