संकटमा ओली सरकार : देउवाको पर्खाइमा प्रचण्ड

शुक्रबार, १२ बैशाख २०८२

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको सम्बन्ध धर्मराउँदै गइरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढ्दैजाँदा सरकार नै संकटमा पर्दै गएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा अहिले उपचारका लागि थाइल्यान्डको बैंककमा छन् । परराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणासहित उनी गत आइतबार बैंकक गएका हुन् । उनी एक साता लामो बसाइपछि स्वदेश फर्किने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवाको प्रतीक्षामा छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओली र देउवाका बीचमा सम्बन्ध चिसिँदै गएको छ । दोहोरो दबाबमा रहेका देउवाले पनि सरकारका ’दयगतमा बैंककबाट फर्किएपछि कुरा गर्ने प्रचण्डलाई भनेका छन् । प्रचण्डले यो कुरा बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा खुलासा गरेका छन् ।

बैठकमा प्रचण्डले कांग्रेस सभापति देउवाले बैंककबाट फर्किनेबित्तिकै भेट्ने वाचा गरेको ब्रिफिङ गरेको एक सांसदले बताए । थाइल्यान्डको बैंकक जानुअघि फोन गरेर वस्तुस्थिति जानकारी गराएको उनले बताए । ‘देउवाले थाइल्यान्ड जाने बेलामा जाँदै छु भन्नुभयो, मैले शुभयात्रा भनें, थप कुरा आएरै गरौंला भन्नुभयो, मैले हुन्छ भनेको छु, उहाँ –देउवाले सरकारको गतिविधि’बारेमा चिन्ता व्यक्त गर्नुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था’दयगत छलफल भएको र संसद्मा प्रभावकारी रूपमा प्रस्तुत हुन प्रचण्डले सांसदहरूलाई निर्देशन दिएका छन् । प्रचण्डले वर्तमान सरकार लामो समय नजाने बताउँदै आफूहरू नयाँ बन्ने सरकारमा जाने वा ढाल्ने पक्षमा नभएको बताए । सरकारमा जाने कि नजाने भन्ने ’दयगतमा पछि छलफल गर्नुपर्ने पनि उनले बताए ।

‘सरकारमा नजाने भनेर हामीले भन्यौं, ढाल्ने पक्षमा पनि हामी छैनौं, जनताले पनि नजाऊ नै भनेका छन् तर यही सरकारलाई राखिराख्दा झन्झन् हानिकारक काम गर्दै जान्छ र व्यवस्थामाथि प्रश्न उठ्छ, हामी सरकारबाहिर हुँदा व्यवस्था कमजोर बनाउँछन् भने त हामीले सरकारमा जाँदैनौं भन्न पनि हुँदैन,’ ती सांसदले भने, ‘सरकारमा तपाईं जानूस्, हामी समर्थन गरिदिन्छौं भन्दा पनि पाटर्नर मान्दैन, सरकार कमजोर हुन्छ भन्छ, त्यतिबेला के गर्ने पछि छलफल गरौंला तर सरकार आफ्नै कारणले अब धेरै लामो समय जाँदैन भन्नुभएको छ ।’

माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल ९राजन०ले नयाँ सरकार र नयाँ गठबन्धन बनाउने ’दयगतमा कांग्रेससँग छलफल भइरहेको खुलासा गरेका छन् । एमाले र ओली नेतृत्वको सरकारभन्दा सापेक्षित रूपमा कांग्रेस प्रगतिशील भएकाले उसैसँग नयाँ सरकार बनाउन संवाद भइरहेको उनले स्वीकार गरे ।

‘केपी ओलीभन्दा, एमालेभन्दा कांग्रेस सापेक्षित हिसाबले प्रगतिशील छ, हिजो पनि संसद् दुई–दुईपटक विघटन गर्दा केपी ओलीको स्वेच्छाचारी, अलोकतान्त्रिक र निरंकुश कदमका विरुद्ध कांग्रेससँग हाम्रो सहकार्य भएकै हो, खराबमध्ये कम खराबलाई रोज्नुपर्दा हामीले कांग्रेससँग सहकार्य गर्नुपर्छ, संवाद सुरु भएको कुरा सत्य हो,’ माओवादी केन्द्रका सांसद दाहालले भने ।

कांग्रेस देउवा थाइल्यान्डबाट फर्किनेबित्तिकै नयाँ सरकारका ’दयगतमा र सरकारमा माओवादीको भूमिका’दयगतमा छलफल हुने उनले बताए । ‘उहाँहरूभित्र चुलिएको अन्तरविरोधले सरकार ढल्छ, सरकार ढलिसकेपछि माओवादीको उपस्थिति के हुन्छ भन्ने कुरामा शेरबहादुर देउवा आइसकेपछि बहस सुरु हुन्छ,’ सांसद् दाहालले भने, ‘यो मुलुकले यो बोझिलो सरकार धान्न सक्दैन, यसले लोकतन्त्रको रक्षा पनि गर्दैन ।’

अहिले कांग्रेस नेताहरूले खुलेरै ओली नेतृत्वको सरकारको कार्यशैली ठीक नभएको हाकाहाकी भन्दै आएका छन् । पार्टी र नेताहरूबीच भएको सहमति कार्यान्वयन नभएको र कतिपय विषयमा ओलीकै कारण दूरी बढ्दै गइरहेको कांग्रेस नेताहरूको बुझाइ छ ।

कांग्रेसले समर्थन फिर्ता लिने र सरकार ढल्नसक्ने संकेत बुझाएका प्रधानमन्त्री ओलीले एमालेले सधैं सरकार बनाऔं र सरकार बचाऔं भनेर नहिँडेको दाबी गरेका छन् ।

बिहीबार एमालेद्वारा काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित युवा सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘एमालेले सरकार बनाऔं, सरकार बचाऔं भनेर हेरिरहेको हुँदैन, नेकपा एमालेले सधैं चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौं र ८४ को चुनाव भनिरहेका छौं, ढुक्कले मिसन ८४ मा लाग्नूस् ।’

एमालेले सधैं सरकार बचाऔं भनेर नहेर्ने बताउँदै उनले सधैं चुनाव हेर्नुपर्ने बताए । उनले एमालेका लागि सरकार चिन्ताको विषय नभएको समेत बताएका छन् ।

‘एमालेले सरकार हेरेको छैन, जहिल्यै पनि चुनाव हेरेको छ, अहिले एमालेको विरुद्धमा खनिएका छन्, यत्तिकै होइन हाम्रो राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले खनिएका छन्, हाम्रो जनपक्षीयताको कारणले र लोकतान्त्रिक आचरणको कारणले अनि देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्तिहरू हामीसँग भयभीत भएका छन्, दिनैपिच्छे अनेक प्रकारका भ्रम फिँजाउन खोजेका छन्, हरेक दिन सरकार जान्छ, सरकार जान्छ भन्न थालेका छन्,’ उनले भने ।

एमाले र कांग्रेसको संयुक्त सरकार एउटा संकल्पसहित बनेको सरकार भएको र यसले स्थिरता र स्थायित्व लिएको उनले बताए ।

यसैबीच, कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । उनले सभापति देउवा स्वदेश फर्किएपछि अर्को तरिकाले अघि बढ्ने अभिव्यक्तिसमेत दिएका छन् । सरकारका कामकारबाही सच्याएर अघि बढ्नुपर्ने बताउँदै उनले सबै विषयमा पार्टीको केन्द्रीय समिति बैठकमा समेत छलफल हुने जनाएका छन् ।

यस्तै, कांग्रेस महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । सरकारको कार्यशैली ठीक नभएको भन्दै कडा रूपमा आलोचना गर्दै आएका थापाले सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धनमा थप संशय उत्पन्न भएको छ ।

बिहीबार लोकतन्त्र संवाद केन्द्रले काठमाडौंको बुद्धनगरमा लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘शीर्ष नेतृत्व वैधानिक छ तर वैध छैन, वैध र वैधानिक हुने कुरा फरक हो, हाम्रा केही आधारभूत कुराहरू छन्, त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिनेछौं, पर्‍यो भने सरकारबाट बाहिर जान्छौं, यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौं ।’

प्रधानमन्त्री ओलीलाई इंगित गर्दै थापाले नागरिकहरूमा बेचैनी र असन्तुष्टि बढेको र सो बेचैनीको कारण सरकारको ड्राइभिङ सिटमा देखिएको बताए । ‘असन्तुष्टि र बेचैनी के कारणले बढिरहेको छ भने जसको कारणले बेचैनी भएको छ, उसैलाई ड्राइभिङ सिटमा देखिरहेका छन्, अब यो गाडी तिमीले चलाएर हुँदैन भनिरहेका छौं, यसका लागि काम गरिरहेका छौं,’ उनले भने ।

कांग्रेस र एमालेबीचमा गत १७ असारमा भएको सातबुँदे सहमतिपश्चात् ३० असारमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । ओली र देउवाले संसद्को बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । यो कुरा प्रधानमन्त्री ओलीले पटक–पटक सम्झिँदै आएका छन् । तर, कांग्रेस नेताहरूले ओलीको कार्यशैलीमाथि नै प्रश्न उठाउँदै आएका छन् । प्रधानमन्त्री ओलीसहित बहुमत मन्त्रीहरू कार्यसम्पादन मूल्यांकनमा असफल भएका छन् ।

कांग्रेस र एमालेबीच गभर्नर नियुक्ति, शिक्षक आन्दोलन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने, ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’को बर्खास्ती, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बराललाई राजीनामा दिन बाध्य पारिएको, आईजीपी नियुक्ति, एआईजीमा बढुवालगायतका विषयमा मतभेद रहेको छ ।

देउवाले गभर्नरका लागि डा। गुणाकर भट्टलाई अघि सारेका थिए तर प्रधानमन्त्री ओली उनको नाममा सहमत नभएको बताइन्छ । अहिले गभर्नर नियुक्ति प्रक्रिया थालनी नहुँदै अदालतमा मुद्दा परेको छ । ‘सिफारिस समितिको बैठक एक महिनासम्म बस्न नसक्नु, कांग्रेसले इच्छ्याएका राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नहुनु, अदालतमा रिट दायर हुनुले शंका उत्पन्न भएको छ,’ कांग्रेसका एक नेताले भने ।

भट्टको राजीनामा स्वीकृत गर्ने क्षेत्राधिकार डेपुटी गभर्नर निलम ढुंगानालाई छ । गभर्नरको प्रतिस्पर्धामा आफैं रहेकी ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । ढुंगानालाई ओलीले गभर्नर बनाउन खोजेको पनि बताइन्छ ।

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा मुलुकबाहिर रहेका बेलामा ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका छन् । बर्खास्तगीमा परेका तामाङले भने सार्वजनिक रूपमै अब यो सरकार ढाल्न लागिपर्ने घोषणा गरेका छन् ।

शिक्षामन्त्रीको राजीनामा गराई सो ठाउँमा रघुजी पन्तलाई नियुक्ति गरिएको छ । उनी एमालेको भए पनि कांग्रेससँग यस’दयगतमा छलफल भएको छैन । कांग्रेस नेताहरूले जारी शिक्षकहरूको आन्दोलन ओलीकै कारण लम्बिएको र अस्तव्यस्त भएको बताउँदै आएका छन् ।

यस्तै, सत्ता पक्षका नेताहरूको दाबीअनुसार विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक घिसिङ हटाउन सभापति देउवा सहमत हुनुमा गभर्नर पदसँग जोडिएको थियो । पार्टीका शीर्ष नेताहरू घिसिङलाई हटाउन नहुने पक्षमा हुँदाहुँदै देउवाले प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।

ओली र देउवाबीच भएको सहमतिअनुसार अबका दुई आईजीपी ओलीको चाहनामा र गभर्नर देउवाले सिफारिस गरेअनुसार बनाउने सहमति भएको स्रोतको दाबी छ । तर, गभर्नरको नाम सिफारिस गर्न गठन भएको समितिका एक सदस्य एवं पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएसँगै नियुक्ति प्रक्रिया संकटतिर धकेलिएको छ ।

प्रधानमन्त्री ओलीले राज्यका अंगहरूमा आफू अनुकूलका पात्रहरू नियुक्त गरेको बुझाइ कांग्रेसमा छ । त्रिभुवन विश्वविद्यालयमा ओलीले आफूनिकटका व्यक्तिलाई नियुक्त गर्न उपकुलपतिमा डा। केशरजंग बराललाई राजीनामा दिन बाध्य पारेको कांग्रेसको बुझाइ छ । साथै, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तको नियुक्तिमा समेत ओलीले आफ्नै खल्तीको मान्छे नियुक्त गर्न खोजेको समेत चर्चा छ ।

यी र यस्तै विषयमा मतभेद बढ्दै जाँदा दुई दलीय उच्चस्तरीय संयन्त्रको बैठकमा समेत कांग्रेस नेताहरू अनुपस्थित भएका थिए । गत ३ वैशाखमा बसेको संयन्त्रको बैठकमा कांग्रेस उपसभापति खड्का र महामन्त्री थापा सहभागी भएनन् ।

कांग्रेस र एमालेबीचमा दूरी बढ्दैजाँदा ओली माओवादी केन्द्रसँग सत्ता सहकार्यका लागि आन्तरिक तयारीमा रहेको बताइन्छ । कांग्रेस नेताहरूले सरकारको आलोचना गर्न थालेको र गठबन्धन भत्किने संकेत पाएका ओलीले भित्रभित्रै माओवादी नेतासँग सहकार्यका ’दयगतमा छलफल गर्न केही नेता परिचालन गरेको बताइन्छ । तर, माओवादी केन्द्रका नेताहरू भने ओलीलाई विश्वास नगरी कांग्रेससँग नजिकिँदै गएका छन् । कांग्रेस, माओवादी केन्द्र, रास्वपासहित साना दलहरूले मिलेर सरकार गठन गर्नुपर्ने गृहकार्यसमेत भित्रभित्रै भइरहेको बताइन्छ ।

राजा फर्काउने राजावादीको आन्दोलन चलिरहेकै छ । शिक्षकको आन्दोलन जारी नै छ । सहकारीपीडित र अन्य समूहहरूको आन्दोलनसमेत जारी रहेको अवस्थामा मध्यावधि निर्वाचनमा जानुपर्ने आवाजसमेत उठ्दै गइरहेको छ ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार