राज्यले अविवाहितको कमाइमा नजर लगायो: कांग्रेस सचेतक थिङ

विहीबार, ०१ जेठ २०८२

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सरकारले अविवाहितहरूलाई बढी कर लिएकोप्रति असन्तुष्टि जनाएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अविवाहितलाई बढी कर लिने व्यवस्था हटाउन अर्थमन्त्रीसँग माग गरिन्।

उनले भनिन्, ‘कानूनमा परिवारको व्याख्या गरिसकेको छ। बाबुआमा मरिसकेपछि अविवाहित व्यक्तिको परिवार नै हुँदैन, त्यो बेलामा राज्य अभिभावक हुनुपर्नेमा त्यो बेलामा राज्य उल्टै अविवाहितको कमाइमाथि गिद्धे नजर लगाइ, अविवाहितको कमाइमा बढी कर लगाउँदै आइरहेको छ।’

उनले राज्यले अविवाहितलाई बढी कर लगाउने भन्दा अरू कुनै कर लगाउने ठाउँ भेटेन ? भन्दै प्रश्न गरिन्। उनले अविवाहितलाई बढी कर लिन राज्यलाई लाज नलाग्ने भए अविवाहितहरू सबै कमाइ राज्यलाई बुझाउन तयार रहेको बताइन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार