इलाम : जिल्लाकै ज्येष्ठ नागरिक घनश्याम खनालको निधन भएको छ । सन्दकपुर गाउँपालिका ४, माबु हाङमादिनका खनालको १०३ वर्षको उमेरमा निधन भएको हो ।
उनलाई "खनाल बा" समेत भन्ने गरिन्थ्यो । उनको शुक्रवार साँझ ८:३० बजे मृत्यु भएको परिवार श्रोतले जानकारी दिए । उमेर १०० वर्ष उमेर नाघेपछि पनि फुर्तिलो र सक्रिय उनको १०३ वर्षमा मृत्यु भयो ।
पत्नी रुक्मिणीको २०३० सालमा निधन भएको परिवार श्रोतले जानकारी दिएको छ । पत्नी खसेको ५२ वर्षपछि उनको मृत्यु भएको हो । उनका ३ छोरा र ४ छोरी रहेका छन् । उनको आज १०:३० बजे माईखोला स्थित पञ्चकन्या माई हाईपावर नजिकै रहेको घाटमा दाह संस्कार गरिने जनाइएको छ ।
प्रतिक्रिया