तपाईँ हामी पनि सानोमा स्कुल जाँदा बाँदर बाटोमा भेटिन्थे तर पहिला त्यस्तो थिएन।अहिले काम त के, कति खेर आएर आक्रमण गर्छ भन्ने डर।झन् महिला र केटाकेटीलाई त पटक्कै नटेर्ने । आज तपाईँ र मेरो डाँडा मात्र हैन महानगर भित्रका दुर्गम महानगर बस्तीहरू बेगनास,माझठाना,कालिका,आर्बा,मौजा,भलाम,अर्मला,हर्पाक,घार्मी,पुरन्चौर,चुरुङा,उपल्लोहेम्जा,सराङकोट,कास्किकोट,चापाकोट,हर्पन,पुम्दीभुम्दी,मट्टिइखान,निर्मल पोखरी सहितका हरेक ठाउँहरू विकास निर्माण लगायतका अत्यावश्यक सुविधा त छदै छ,झन् बाँदर आतङ्कले गाउँको अवस्था विकराल छ।
आज हामी महानगरवासीहरू धेरै खाद्य सामाग्री आयात माथि भर पर्नुको कारण केरुयुवा विदेश पलायन गराउने बाटो हामिलेनै गरेका छैनौ र१गाउँ घरमा खेती पाती गर्यो।मकै छरे देखिनै बाँदरले बीउ खोतल्न थाल्छ।मकै पाकिन्जेल सम्म सबै सखाप।दिन भर कुरेर बस्यो,कुन बेला झुक्क्याएर बाँदरले सखाप पार्छ।
धान बीउ छरे देखि काट्ने बेला सम्म उहीँ हालत,कोदो ,गहुँ,तोरी लगायत सबै बालीको अवस्था त्यस्तै छ।कि खाने,नखाए बिगारेर भत्काएर छोड्ने।तरकारीको कुरै नगरौँ,आलु,प्याज,केराउ,काउली बन्दा,काँक्रो,लौका,सिमी,घिरौँलाको अवस्था त्यस्तै।
सार्ने बेला देखि बचिला लाउने बेला सम्म झुक्क्याएर सखाप पार्ने। मैले घरमा उत्पादन गरेको लसुन प्याजले वर्ष दिन भरी खान पुग्थ्यो,तर अहिले प्याजको बेर्ना सार्न नपाइ सखाप हुन्छ जसले गर्दा भारतबाट आयातित प्रति किलो १६० रुपैयाँ सम्म तिरेर खानु परेको छ।
कृषि क्रान्तिको भजन गाउँदै गर्दा यो कृषकको समय,मल,बीउ बिजन लगायत हल खेतालाको पारिश्रमिकको जिम्मा कसले लिनेरुती कृषकहरूलाई क्षतिपूर्ति र बिमा रकमको व्यवस्था गरेका छौ त। बारीमा लगाएको खेती नष्ट गरेर नपुगेर भान्छाको खानाको कसौँडी सम्म नछाड्ने यी बॉदरहरु गॉउको बस्तीका लागि क्यान्सरकै रुप्मा रहेको अधिकांश जनताहरूको भनाइ छ।
मेयर साहेब
तपाईँलाई अबगतनै छ,अहिले ग्रामीण भेगबाट बेसी र समथर भूभागमा बसाइ सराइ अत्यधिक बढिरहेको छ।गाउँको जग्गा बाझो राखेर बस्ने अनि २ ओटा खुर्सानी र तरकारीका बोट छतमा उमारेर सामाजिक सञ्जालमा पोस्ट गरेर मक्ख पर्ने र कृषि क्रान्तिको नारा रट्ने,हाम्रो गाउँ र समाज कता गइरहेको छ।
तितो सत्य हामीले अलि बिर्सियेउ कि।हो जनावरको पनि आफ्नो अधिकार हुन्छ,त्यसलाई पनि मध्य नजर गर्दै वैकल्पिक व्यवस्थापन गर्नुपर्दछ तर हामी मानबहरुलेनै आधिकारको नाममा दैनिक मानव जीबनमानै उथल पुल गर्ने,कृषि पेशाबाटनै पलायन हुनुपर्ने , गाउँ घर नै छोडेर हिँड्नु पर्ने बाध्यात्मक अवस्थालाई रोक्ने तपाई हाम्रो दायित्व हैन ?नेपालकै ठुलो महानगरका बासिन्दा हामी ठुलो बाँदर आतङ्कमा छौ भन्दै गर्दा र तपाइले रुख कटान सम्बन्धी गरिएको सम्प्रेषणमा तत्काल वैकल्पिक व्यवस्था गरिएन भने भविष्यमा हामीले घोषणा गर्दै गरेको पर्यटकीय राजधानीमा गाउँ घरमा उत्पादन भयेको अर्ग्यानिक तरकारी,फलफूल र खानेकुरा भन्दै विदेशबाट आयातित गरेको खानेकुरा खुवाउने दिन छिट्टै आउनेछ। बाँदर आतङ्कबाट बच्नको लागि तत्काल सुनुवाइ होस भनी जोडदार माग गर्दछु। प्रमाणको रूपमा मेरै घरको माथि खिचिएको फोटो र भिडियो पेस समेत गरेको छु। धन्यवाद जय पोखरा तपाईँकै नगर सभा सदस्य सुदिप राज ढुङ्गाना वडा सदस्य पोखरा महानगरपालिका २६
प्रतिक्रिया