इटहरी : अहिलेको युग, सूचना प्रविधिको युग । २०४३ साल मङ्सिर ९ गते जन्मिएका राजन लम्साल सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा परिचित नाम हो ।
विगत १५ वर्षदेखि निरन्तर सूचना र प्रविधि क्षेत्रको ‘इकोसिस्टम’ विकास र यसको प्रवर्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा सूचना तथा प्रविधि विधाको अवार्ड प्रदान गरिएको छ ।
बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उनलाई सो अवार्ड प्रदान गरेका हुन् ।
सामान्य कृषक परिवारमा जन्मिएका लम्सालले २०६९ मा काठमाडौँबाट ‘लिभिङ विथ आइसिटी’मार्फत व्यावसायिक यात्रा सुरू गरेका हुन् ।
अहिले पाँच वटा कम्पनी तथा संस्थाहरूको नेतृत्व गरिरहेका उनले एक दशकसम्म ‘लिभिङ विथ आइसिटी’को प्रकाशन र सम्पादक भएर देशमा आइटीको प्रवर्धन र सचेतनामा कार्य गरेका छन् ।
सन् २०१६ देखि आइसिटी अवार्डको सुरुआत गरेका उनले अन्तरास्ट्रियस्तरमा नै विस्तार भएको देशकै ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रम सञ्चालन गरिरहेको बताएको बताए । लम्सालले स्टार्टअप, इनोभेसन र डिजिटल इकोसिस्टम, डिजिटल नेपाल कन्क्लेभ र डिजिटल संवाद जस्ता कार्यक्रमहरू सातै प्रदेशमा सञ्चालन गरिरहेका छन् ।
कोशी प्रदेशको सामान्य ग्रामीण बस्तीमा जन्मेर पनि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लम्सालले यस क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा सूचना तथा प्रविधि विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
उक्त मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ ।
अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।
प्रतिक्रिया