शिक्षकका माग सम्बोधन गर्ने गरी अघि बढेका छौं : गृहमन्त्री

विहीबार, २१ चैत्र २०८१
काठमाडौं : गृहमन्त्री रमेश लेखकले शिक्षकहरूको विषयलाई छिटोभन्दा छिटो सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताएका छन् । बिहीबार आन्दोलित शिक्षकहरूको विषयलाई लिएर भएको छलफलमा उनले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा भएको बैठक सकारात्मक भएको भन्दै शिक्षकहरूले उठाएको कुरा समावेश गरेर शिक्षा विधेयक अगाडि बढाउने बताए । उनले भने, ‘अहिले पनि शिक्षक महासंघले आफ्ना विषयमा सरकारको ध्यानाकर्षण गर्नको लागि प्रदर्शनहरू गरी राख्नु भएको छ । त्यस कारण अहिले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा शिक्षकहरूका सरोकार, ध्यानाकर्षण गराउनु भएका विषयहरू र उहाँहरूले गर्नु भएको प्रदर्शनलगायतलाई मूल्याकंन गरेर शिक्षा विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउने सन्दर्भमा छलफल गरेका छौं । छलफल सकारात्मक भएको छ । शिक्षा विधेयकलाई छिटो अगाडि सरकारले आफ्नो तर्फबाट भूमिका खेल्छ ।’ सरकार यस विषयमा एकदमै गम्भीर रहेको भन्दै छलफललाई निरन्तर अगाडि बढाउने उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार