काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा अहिले पनि नेपालको सन्दर्भमा नेपाली कांग्रेस नै भएको बताएका छन् ।
शुक्रवार नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ राष्ट्रिय समितिको ३५ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले पार्टीले धेरै उतारचढाव बेहोरेको भए पनि नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको बताएका हुन् ।
उनले भने, ‘ट्रेड युनियन अधिकार र लोकतन्त्रको अगुवा अहिले पनि नेपालको सन्दर्भमा नेपाली कांग्रेस नै हो । नेपाली कांग्रेस लामो इतिहास भएको पार्टी हो । धेरै उतारचढाव यसले बेहोरेको छ । यो उतार चढावको क्रममा अहिले कतिपय कमीकमजोरी पनि गर्यौँ होला । तर हामी गर्वका साथ भन्छौँ अहिले पनि सर्वोत्कृष्ट पार्टी नेपाली कांग्रेस नै हो ।’
साथै उनले नेपाल वित्तीय संस्थाले पाउनुपर्ने हरेक अधिकार नेपाली काँग्रेसको अगुवाइ र समर्थनबिना सम्भव नहुने बताए । उनले वित्तीय संस्था कर्मचारी सङ्घ राष्ट्रिय समितिको सहयोग नेपाली काँग्रेसलाई र नेपाली काँग्रेसको सहयोग र समर्थन नेपाल वित्तीय संस्थालाई हुने बताए ।
उनले भने, ‘त्यसैले नेपाल वित्तीय संस्था कर्मचारीहरूले जुन अधिकारको कुरा गरिरहनु भएको छ त्यो अधिकार नेपाली काँग्रेसको अगुवाइ र समर्थनबिना सम्भव हुँदैन । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ राष्ट्रिय समितिको सहयोग नेपाली काँग्रेसलाई र नेपाली काँग्रेसको सहयोग र समर्थन नेपाल वित्तीय संस्थालाई हुने नै छ ।’
यसैगरी उनले नेपाल वित्तीय संस्था कर्मचारीसँग जोडिएका विषयहरूलाई पनि गम्भीरताका साथ हेरेको बताए । उनले नेपाल वित्तीय संस्थालाई अधिकार र जिम्मेवारीलाई सँगसँगै लिएर जानुपर्ने बताए ।
‘साथै उनले नेपाल वित्तीय संस्था कर्मचारीसँग जोडिएका विषयहरूलाई पनि हामीले गम्भीरताका साथ हेर्छौं । हामीले अधिकार र जिम्मेवारीलाई सँगसँगै लिएर जानुपर्छ । उनले भने, हामी काममा पनि चुक्दैनौँ, कर्तव्य निर्वाहमा पनि चुक्दैनौँ, हामी १०० प्रतिशत दिन्छौँ, सँगसँगै हामीले पाउनुपर्ने सेवा सुविधा र अधिकार पनि १०० प्रतिशत पाउनुपर्छ ।’
प्रतिक्रिया