काठमाडौं । सरकारले नियमित खोप छुटेका ५ वर्षमुनिका बालबालिकालाई यही वैशाख १५ र ३१ गते खोप लगाउने भएको छ ।
वृहत खोज र खोप अभियानअन्तर्गत खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई दुई दिन देशभरका सरकारी स्वास्थ्य संस्थाबाट खोप दिइन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नजिकैको स्वास्थ्य संस्थामा गई आफ्ना बालबालिकालाई छुटेको नियमित खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । साथै छर–छिमेकमा कसैले खोप लगाउन छुटेका छन् कि बुझेर खोप लगाउन सम्वन्य गरिदिन हुन पनि मन्त्रालयले आग्रह गरेको छ ।
विभिन्न रोगविरुद्ध लड्न सबै बालबालिकाले खोप लगाउन आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।
Discussion about this post