इटहरी । इटहरी उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै जिल्ला बन कार्यालय सुनसरीले ५ वटा टिपर नियन्त्रणमा लिएको छ ।
इटहरी वडा नम्बर ३ स्थित खोर्साने खापबाट मिक्स गिटी लिएर आउँदै गरेको अवस्थामा टिपर नियन्त्रणमा लिइएको हो ।
जिल्ला बनका कर्मचारी, प्रहरी लगायतको टोलीले लोड गरिएको टिपर नियन्त्रणमा लिइ जिल्ला बन लगिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक माधब काफ्लेले जानकारी दिए ।
वडा नम्बर १, ५, १६, १७ र उपमहानगरको टिपर विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।
उपमहानगरका कार्यबाहक नगरप्रमुख दिवश पोख्रेलले टिपर नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाएका छन् ।
कार्यपालिकाको निर्णय अनुसार आवश्यकताका आधारमा नगर आफैँले उत्खनन् गरेर वडालाई वितरण गर्दा बन कार्यालयले दुःख दिएको उनले बताए ।
उनले स्थानीय सरकारको भोकाधिकारभित्र पर्ने बुढी खोलाको नदीजन्य पदार्थ उत्खनन् नगर्दा बर्खायाममा बस्ती डुबान पार्ने भएकाले खोलालाई नियन्त्रण गर्न र नगरका सडक स्तरोन्नति गर्ने उद्देश्यमा बन कार्यालय बाधक रहेको बताए ।
Discussion about this post