झापा । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्ती आक्रमणमा भद्रपुर नगरपालिका–७ का ५३ वर्षीय गिरेन कर्मकारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार मंगलबार बिहान ४ बजेतिर हल्दिबारी गाउँपालिका–२ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगानछेउ कर्मकार च्याउ टिप्न गएका थिए ।
सोही चिया बगानमा रहेका हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा मृत्यु भएको रिजालले बताए ।
घटनालगतै हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको छ । शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जनाइएको छ ।
Discussion about this post