विराटनगर । कोशी प्रदेश सरकारले चार महिनाअघि गठन गरेको प्रशासन सुधार कार्यदलले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिबेदन बुझाएको छ ।
कार्यदलले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त प्रतिवेदन बुझाएको हो ।
त्यस अवसरमा मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदनमा दिएका राय सुझावहरुलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यन्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कोशी प्रदेश सरकारले चार महिनाअघि २०७९ माघ ६ गते पूर्व सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो ।
कार्यदलका अन्य सदस्यहरुमा पूर्व प्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयका शासकीय सुधार महाशाखाका सचिव थिए ।
कार्यदलले चार महिना लगाएर तयार पारेको २२८ पेज लामो प्रतिवेदनमा १५२ वटा सुझावहरु समेटिएका छन् ।
उक्त प्रतिवेदन मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेलाई कार्यान्वयनका लागि हस्तान्तरण गरेका छन् ।
Discussion about this post