काठमाडौं । इशान बाल तथा महिला अस्पतालले २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ ।
बसुन्धरा नेशनल एकेडेमी स्कुलको आयोजना र इशान अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन भएको हो ।
शिविरमा विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थी, शिक्षक तथा अभिभावकको आँखा तथा दाँत परीक्षण गरिएको थियो ।
शिविरमा ३२५ जनाको आँखाको परीक्षण गरिएको थियो भने ३२३ जनाले दाँत परीक्षण गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. रामनन्दप्रसाद चौधरीले जानकारी दिए ।
इशान अस्पताल बाल अस्पताल भएकोले विद्यालय स्वास्थ्य कार्यक्रमहरु भविस्यमा पनि आयोजना गर्ने अस्पतालका महाप्रवन्धक भक्तबहादुर शाहीले बताए ।
Discussion about this post