निर्वाचन आयोगले प्रदेश सातवटै प्रदेशमा आज प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन बुझाएको छ । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १ आएका छन् । आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी वागमती प्रदेशको राजधानीहरूमा पुगेका छन् ।
गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी र कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकी कुमारी तुलाधर पुगेका छन्। उनीहरूले एकै समयमा प्रतिवेदन बुझाएका प्रवक्ता पौडेलले जानकारी दिए ।
प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन् । आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुलेको छ।
Discussion about this post