विराटनगर । विभिन्न अभियान जारी राखेको विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान पनि साथै अगाडि बढाएको छ ।
अभियानअन्तर्गत महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको अनुगमनलाई तीव्रता दिएका छन् ।
दुई दिनअघि महेन्द्र मावि र सरस्वती माविको आकस्मिक अनुगमन गर्नुभएका मेयर कोइरालाले बिहीबार बिहान विराटनगर–६ सरोचियास्थित शिक्षा सदन माविको अनुगमन गरे ।
शिक्षा सदन बिहान पठनपाठन हुँदै आएको छ । वडाध्यक्ष हरिशचन्द्र सहनी (अक्षय), शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराई, महाशाखाका कर्मचारी र सचिवालयको टिमसहित विद्यालय पुग्नुभएका मेयर कोइरालाले सुरुमा हरेक कक्षामा पुगेर विद्यार्थीहरुसित मात्रै अन्तरक्रिया गरेका थिए ।
मेयर कोइरालासित विद्यार्थीहरुले शिक्षकहरुले कक्षा कोठामा बत्ती नभएको, छात्राका लागि छुट्टै शौचालय नभएको, सेनिटरी प्याड राख्ने डस्बिन नराखेको, शिक्षकहरुले होमवर्क दिए पनि चेक नगर्ने गरेकोलगायतका गुनासो पोखेका थिए । शिक्षकहरुले राम्ररी नपढाएकै कारण र विद्यार्थीहरु नियमित कक्षामा नआउने गरेको उनीहरुको भनाइ थियो ।
Discussion about this post