काठमाडौँ । सशुल्क प्रसारण हुने विदेशी च्यानल साउन १ गतेदेखि सबै बन्द हुने भएको छ ।
सूचना तथा प्रसारण विभागले विज्ञप्ति निकालेर ‘आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेजहरू प्राप्त नभएले बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।
भारतीय सशुल्क अर्थात पे टिभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘ आलाकार्ट ’ प्रणाली लागू गर्न सहयोग नगरेको सरकारको आरोप छ ।
आलाकार्ट शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली भएकोले यो उपभोक्तालाई हित हुने प्रणाली हो । यो प्रणाली छिमेकी देश लगायत विश्वका धेरै मुलुकमा प्रचलनमा छ ।
Discussion about this post