झापा । सीमान्तकृत महिला पत्रकारहरुको क्षमता बढाउन बिर्तामोडमा दुई दिने प्रशिक्षण आयोजना गरिएको छ ।
सञ्चारिका समूह नेपालको आयोजना तथा झापा शाखाको सहजीकरणमा बिहीबार प्रशिक्षण सुरु भएको हो ।
सञ्चारिका समूह नेपाल झापाको प्रथम कार्यक्रमअन्तर्गत कोसी प्रदेशभरीका पत्रकारहरूलाई लक्षित गरी गोष्ठी तथा तालिम सुरु भएको हो ।
शुक्रबारसम्म चल्ने तालिममा निलिफा सुब्बा र लक्ष्मी गौतमले सहजीकरण गरेका छन् ।
उद्घाटन अवसरमा प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले पत्रकारहरूकै कारण समाजमा आम मानिसले सूचना थाहा पाइरहेको बताइन् । उनले सीमान्तकृतहरूलाई सशक्तीकरण गर्नुपर्नेमा जोड दिइन् ।
फ्रिड्रिक इबर्ट स्टिफङ संस्थासँगको साझेदारीमा भएको तालिममा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महातरा प्रसाईं, उपमेयर नगेन्द्र संग्रौला, नेपाल पत्रकार महासङघ झापाका पुर्ब अध्यक्ष कृष्ण हुमागाइ,प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, झापा प्रहरी प्रमुख दुर्गाराज रेग्मी, विज्ञापन बोर्ड सदस्य पवन अधिकारी, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी लगायतले सबै भूगोल, सीमान्त्कृत पत्रकारहरूलाई क्षमता विकास आवश्यक रहेको र यो किसिमको तालिमले समाचार संकलनमा थप सहज हुने बताएका थिए ।
सञ्चारिका समूह नेपालकी केन्द्रिय अध्यक्ष विमला तुम्खेवाको अध्यक्षतामा सम्पन्न उद्घाट कार्यक्रममा झापा शाखाकी अध्यक्ष लीला अनमोलले कार्यक्रमबारे प्रकाश पारेकी थिइन् ।
Discussion about this post