काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एकाउन्टिङ र अडिटिङ सुशासनसँग जोडिएको बताएका छन् ।
नेपाल अडिटर्स एशोसिएसन (अडान) को १८औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री डा. महतले पारदर्शिता सुनिश्चिता गर्न एकाउन्टिङ र अडिटिङको महत्वपूर्ण भूमिका रहने र रहिरहने बताएका हुन् ।
‘अर्थतन्त्रमा समस्या थियो, अझै केही समस्या छन् । त्यसको सम्पूर्ण समाधान मौद्रिक नीति मात्र होइन । मौद्रिक नीतिमा हामीले खुकुलोपन र सहजता खोजेका थियौं, केही सम्बोधन भएको छ, उद्योग व्यवसायी साथीहरुले खोजेजस्तो अवश्य भएको छैन’ अर्थमन्त्री डा. महतले भने, ‘वर्किङ क्यापिटलका बारेमा साथीहरुले चाँडै निर्देशिका ल्याउँछौं भन्नुभएको छ, त्यो आएपछि थप सहजता हुनेछ ।’
Discussion about this post