काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनसम्बन्धी दशकौं पुराना कानुनले अहिलेको आवश्यकता पूरा गर्न नसकेको बताएका छन् ।
सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री किरातीले ३५ वर्षअघि बनाइएका कानुनका आधारमा अहिले काम गर्नुपरेको भन्दै आवश्यकताअनुसार कानुन संशोधन गरिनुपर्ने बताएका हुन् ।
उनले पर्यटन क्षेत्रको प्राथमिकताका बारेमा बहस गरिनुपर्नेसमेत बताए ।
मन्त्री किरातीले नेपाल वायु सेवा निगमका लागि ३ वटा जहाज किन्न तयारी भइरहेको जानकारी दिए ।
निगमले राम्रोसँग व्यापार गर्न सके ४८ अर्ब ऋण तिर्न सकिने दाबी गरे ।
बैठकमा सांसदहरुले पर्यटकका लागि हवाइ सेवाको टिकट नै महंगो भएकाले पर्यटन क्षेत्र खस्किन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा सांसदहरुले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्ति नियुक्त गरेको भन्दै पर्यटन मन्त्रालयसँग जवाफ मागेका छन् ।
सरकारले अघिल्लो महिना विवादित छविका ल्हारक्याल लामालाई कोषको उपाध्यक्ष नियुक्त गरेको थियो ।
Discussion about this post