इटहरी । इटहरी उपमहानगरमा आजदेखि निःशुल्क शव बाहन र एम्बुलेन्स सेवा सुरु गरिएको छ ।
इटहरीका जनतालाई सहज सेवा दिने उद्देश्यले इटहरी क्षेत्रभर निःशुल्क रुपमा सेवा प्रदान गरिने भएको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि लागू हुने गरी निःशुल्क एम्बुलेन्स र शव बाहन सेवा सुरु गरिएको जनाए ।
नगर प्रमुख पौडेलले आफू निर्वाचित भएर आएदेखि नै इटहरी अस्पताल बनाउन दिनरात खटेको बताउदै एक वर्ष भित्रमा इटहरी अस्पतालमा व्यापक सुधार गरिएको जनाए ।
‘अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको भन्दै एम्बुलेन्स र शव बाहनको अभाव सुरु भएको कारण जनतालाई निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेका हौं’ नगर प्रमुख पौडेलले भने ।
Discussion about this post