विमल वैद्य
फोटो त पर्समै छ
अहिले पनि
निकाल्छु र हेर्छु बेलाबेलामा
छौ हृदयमा पनि
सम्झिन्छु र छाम्छु बेलाबखतमा,
म टाढा छु
तिमी भन्दा निक्कै टाढा
केही सपनाहरूलाई थन्क्याएर आफै भित्र
धेरै रहरहरू पूरा गर्न
तिमीबाट छुटेको पनि त निक्कै भयो ।
एउटा घाइते मन
तापको पीडामा पसिना उमार्दै
कहिले बिगतको दु;खमा उङ्छ
कहिले आगतको उज्यालोमा रमाउँछ
ठेला उमारेर हातमा
सुदर समयको रंगमा रमाउँछ
सोधेर सन्चो /बिसन्चो
आफ्नै पीडामा मल्हम लागाउँछ
पानीका लहरहरूरले उसलाई छोइ भाग्दा
आफू / आफैसंग डराउँछ
अग्लो महलको माथिल्लो छतमा उभिएर
तल हेदै ,
सम्बन्धको गहिराइसंग आत्तिन्छ
तिमी संगको साथ छुटेदेखि नै त हो
यस्तै हुन थालेको पनि।
एक्लो कोठामा कहिले
बादल छाउँछ
कहिले पसिना उमार्छ
त्यही कोठाले
शुन्यताहरू भूगोलको सीमा नाघेर
उतै आफ्नै आँगनमा पुग्छ कहिले
जहाँ स्थगित सपनाहरू
प्रसवको यातनामा छट्पटाई रहेको देख्छ
यता मेरो आकाश
झरीमा रूझेर सधैं रोइरहन्छ
निस्तेज समय
बाध्यतताको पर्खालमा घोप्टिएर चिच्याउँछ
आर्तनाद सुन्ने कानहरू
उसले उतै छोडेर आएको धेरै भयो
यता त केवल आदेश चल्छ
समय बिक्छ
अँ साच्चै ,
एउटा कुरा सोध्न मन लाग्यो
तिम्रो हातको पर्सभित्र
मेरो फोटो छ/ छैन!
Discussion about this post