विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई प्रतिदिन विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दर खाजा भत्ताले दिने निर्णय गरेको छ ।
यसअघि दैनिक एक सयको दरले खाजा भत्ता दिइँदै आएको थियो ।
बैठकले संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको दुःखद र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरुको आर्थिक वर्ष २०८०।८१ को अस्थायी सङ्गठन संरचनाका दरबन्दीहरु स्वीकृत गर्ने निर्णय गरेको छ ।
सङ्घीय सरकारको बन मन्त्रालय अन्तर्गतका कोशी प्रदेशमा कार्यरत ७४ जना फरेस्टरहरु (खरिदार सरह) लाई सङ्घीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्न कोशी प्रदेश सरकार तयार रहेको जानकारी सङ्घीय सरकार गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
Discussion about this post