बिर्तामोड । मुलुकमा आर्थिक संकटकाबीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार बिस्तारलाई निरन्तरता दिइरहेको देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६औं स्टोर बिर्तामोडमा आजबाट सञ्चालनमा आएको छ ।
स्टोर झापा जिल्लाको व्यपारिक शहर बिर्तामोडको भगवान चोकमा असोज ४ गतेबाट सञ्चालनमा आएको हो । यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ्ग स्पेससहित सञ्चलनमा आएको हो । अर्ब बढी लगानीमा सञ्चालनमा आएको
यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो । यसअघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरीमा स्टोर सञ्चलनमा आइसकेको छ । स्वदेशी तथा बिदेशी ब्राण्डका उच्च गुणस्तरका सामानहरु पाइने यस सुपर स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ती शहरबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको रहेको छ ।
नेपालमै अन्तर्राष्ट्रियस्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका
ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन् । देशमा व्याप्त आर्थिकमन्दीका कारण ब्यपार व्यवसायमा निरासा छाएको बेला भाट्भटेनीको सञ्चालनले पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ । भाट्भटेनीको स्थापनाले बिर्तामोड लगायत पूर्बी नेपालकै आर्थिक तथा पर्यटकीय गतिबिधि समेत बढ्ने देखिन्छ । उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामाग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामानको मूल्य र गुणस्तरमा ग्राहक ठगीन नपर्ने हुँदा भाट्भटेनि यस क्षेत्रका उपभोक्ताको सपिङका लागि पहिलो रोजाई बन्ने क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बतए ।
भाटभटेनी व्यवसाय मात्र नभइ रोजगारी अभियान पनि रहेको हँुदा हालसम्म करिव दश हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको र यो स्टोरमा पनि यस क्षेत्रका करिब तीन सय स्थानीयले रोजगर प्रप्त गरेको अध्यक्ष गुरुङ बताउँछन् । आसोज ४ गते बिहीबारबाट
सञ्चालनमा आउने सुपर स्टोरको लागि सम्पूर्ण तयारी सकिएको भाटभटेनीले जनाएको छ । उद्घाटनका अवसरमा आम ग्राहकलाइ प्रत्येक सामानको खरिदमा १० प्रतिशत तथा इलेक्ट्रोनिक्समा २० प्रतिशतसम्म छुटको ब्यवस्था पनि रहेको स्टोरका चिफ अप्रेसन म्यानेजर पानु पौडेलले बताए । यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फुट्वेयर, फुड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किडजोन तथा स्केट पार्क लगयतका सुबिधाहरु रहने भट्भटेनीले जनाइएको छ ।
बिर्तामोडमा २६औ स्टोर सञ्चालनमा आएपश्चात झापाको दमकमा समेत आगामी बैशाख सम्ममा २७औ स्टोर सञ्चालनमा आउने
भाटभटेनीले जनाएको छ ।
Discussion about this post