सुनसरी क्षेत्र नं. २ र ३ को मतगणना सुरु भएको छ । सुनसरी क्षेत्र नं. २(क ) को महेन्द्र मावि मतदान केन्द्रको (ङंं) बुथबाट प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको दिएको पाइएपछि मतगणना हुन सकेको थिएन ।
यता सुनसरी ३ मा पनि विवाद उत्पन्न हुदा ढिलागरी मतगणना सुरु भएको हो । सर्वदलिय बैठक बसी सहमतिमा मतगणना सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सुनसरी २ मा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट सिताराम मेहेता र नेकपा एमालेका तर्फबाट भिम आचार्य प्रतिनिधि सभा सदस्यको प्रतिष्पर्धामा छन् भने सुनसरी ३ मा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट बिजयकुमार गच्छादार र नेकपा एमालेका तर्फबाट भगवती चौधरी चुनाबी मैदानमा छन् ।
Discussion about this post