काठमाडौं । सरकार र तीन दिनदेखि काठमाडौंमा आन्दोलरत शिक्षकहरुबीच सहमति भएको छ ।
शिक्षकहरूले उठाएका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिएको उनको भनाई छ ।
शुक्रबार अपराह्न भएको चौथो चरणको वार्ताबाट दुवैपक्षबीच सहमति बनेको हो । योसँगै शिक्षकहरुको सम्पूर्ण आन्दोलन स्थगित भएको छ ।
आन्दोलित शिक्षकहरु उक्त सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन् ।
प्रस्तावित शिक्षा विधेयकमाथि चर्को असन्तुष्टि राख्दै देशभरका शिक्षकहरु तीन दिनदेखि आन्दोलनमा थिए ।
Discussion about this post