काठमाडौं । जवाफदेहिताको माग गर्दै ८ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईः को अभियानमा नेपाली कांग्रेसका केन्द्रीय युवा सदस्य नैनसिंह महरले ऐक्यवद्धता जनाएका छन्।
१९९ घण्टा लगातार राष्टिय सभागृह बाहिर निरन्तर उभिएर सहरका गरिब र सडक व्यवसायीहरुको समस्या समाधानका लागि साथ दिन युवा नेता महर राष्टिय सभागृह पुगेका हुन् ।
अभियान्ता ईःसँग भेट्दै नेता महरले फुटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेकाले यसमा स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।
उनले नेपाली कांग्रेसले पनि गम्भीरतापूर्वक फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि पहलकदमीी लिने बताए ।
ईः लाई भेटेर उनको माग सम्बोधन गराउन दबाब सिर्जना गर्न विभिन्न दलका नेताकार्यकर्तादेखि अभियानकर्मीहरु राष्टियसभा गृह पुग्ने क्रम जारी छ ।
Discussion about this post