विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
भर्चुअल माध्यममा भएको निर्देशनका क्रममा नेपालीहरूको महान् चाड बडा दशै शान्त पूर्वक वातावरणमा सम्पन्न भएको बताउँदै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शान्ति सुरक्षामा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रदेश प्रमुख बास्तोलाले धन्यवाद व्यक्त गरेका छ्न ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” अन्तर्गत चाडपर्व विशेष सुरक्षा योजना अनुसार आपराधिक घटनाहरूलाई निरुत्साहित गर्न सुरक्षा योजना बमोजिम प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम गर्न कोशी प्रदेश कार्यलय मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।
चाडपर्वको समयमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न सरोकारवाला निकायहरूसँग समन्वय गरी बजार अनुगमन गर्ने व्यवस्था मिलाउन, भन्सार छली तथा चोरी निकासी पैठारी नियन्त्रण र पटकाजन्य बस्तुको ओसारपसार नियन्त्रणमा सीमावर्ती एरिया इलाकाहरूमा प्रहरीको सक्रियता देखाउन बास्तोलाले निर्देशन दिएका छ्न ।
Discussion about this post