विराटनगर : मोरङमा लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका–१ का ४१ वर्षीय गोपालकुमार राजवंशी र विराटनगर महानगरपालिका–४ बस्ने ६२ वर्षीय सहरुदिन मियाँ रहेका छन् ।
राजवंशीको घरबाट ५ किलोग्राम गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार घरको कोठाभित्र प्लाष्टिकमा पोको पारेर राखेको अवस्थामा गाँजा भेटिएपछि राजवंशीलाई पक्राउ गरिएको हो ।
त्यस्तै, मियाँको घरको आँगनमा प्लाष्टिकले छोपेर राखेको ३ किलो गाँजा भेटिएको जोशीले बताए ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post