माइजोगमाई / राष्ट्रिय कृषक समूह महासंघ नेपाल इलामले पशुमा केहि समय अघि देखिएर हाल नियन्त्रणमा रहेको लम्पी स्किन रोग विरुद्ध खोप अभियान सञ्चालन गर्न माग गरेको छ ।
महासंघको माईजोगमाई गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्दै महासंघका जिल्ला सचिव नकुल खड्काले रोग नियन्त्रण भएसंगै इलामका स्थानिय तहले रोग नियन्त्रणको प्रयासमा कुनै काम नगरेको भन्दै तत्काल लम्पी स्किन रोग विरुद्धको अभियान शुरु गर्न माग गरेका हुन् ।
उनले आँगनमै भएको सरकाले समेत किसानका समस्याबारे संवेदनशीलता नदेखाएको आरोप लगाए । उनले किसानका समस्या समाधान गर्न सरोकारवालालाई घचघच्याउन अब ढिलो गर्न नहुने बताए । महासंघले दुधमा देखिएको समस्या समाधान गर्न पनि तीन तहको सरकार असक्षम भएको बताए ।
अधिवेशनले उमाकान्त भट्टराईको अध्यक्षतामा माइजोगमाई गाउँपालिका कार्यसमिति गठन गरेको छ ।
माइजोगमाई गाउँपालिकाको नयाँबजारमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रोहित थेवे, सचिवमा सुरेश भट्टराई, सहसचिवमा सन बहादुर लिम्बु र कोषध्यक्षमा रेखा रिजाललाई चयन गरेको छ ।
Discussion about this post