झापा । इलामको माईजोगमाई गाउपालिकाका अध्यक्ष कुशबहादुर थेबेले ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ । अध्यक्ष थेबेले गाउँपालिकास्थित बिद्यालयको खेलकुद कार्यक्रममा ‘पिर्के सलामी’लिएका थिए । तर उक्त तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुनपुग्यो । सामाजिक सञ्जाल प्रयोगकर्ता सुरेश भट्टराईलाई थेबेले लिएको सलामीको तस्वीर शेयर गर्दै ‘धन्य छौ माईजोगमाई’ भनेर व्यङ्ग्य गरेका छन् ।
त्यसैगरी सामाजिक सञ्जालमा इलाम ग्रीन नामको पेजमा मुकुन्द गुरागाईंले खिचेको इलाम माईजोगमाई गाउँपालिकाको यो तस्बीर भाईरल छ ।’ भनेर पोस्ट भएको उक्त तस्बीर व्यङ्ग्यत्मक शैलीमा धरैले कम्मेन्ट गर्दै हासोका रुपमा लोएका छन भने केहिले आलोचना समेत व्यक्त गरेका छन ।
त्यसैगरी सुनिता गुरुङले माईजोगमाई गाउँपालिकाको अध्यक्षज्यू लाई रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मसिना विद्यार्थी भाइबहिनीहरु बाट पिर्के सलामी दिदै ’ भनेर पोस्ट गरेकी छन । उक्त पोस्टमा प्राय सबैले पालिका अध्यक्ष थेबेको आलोचना मात्र गरेको देखिन्छ ।
पिर्के सलामी लिने अध्यक्ष थेबे पहिलो भने होइनन् । यसअघि प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरूले पनि पिर्के सलामी लिएका तस्वीरहरू सार्वजनिक भएपछि भाईरल हुँदै आएका छन् ।
बाँकी तस्वीरहरु ।
Discussion about this post