इलाम / इलाम नेपाल उद्योग तथा व्यवसायी महासङ्घको दोस्रो अधिवेशनबाट केशव खनालको नेतृत्वमा नयाँ कार्य कमिटी चयन भएको छ ।
२९ सदस्यीय कमिटीको उपाध्यक्ष द्वयमा रोशन श्रेष्ठ र तुलसा खत्री चयन भएका छन् । सचिवमा महेश सापकोटा चयन भएका छन् । सहसचिवमा तीन जना अर्जुन खनाल, मौतराज राई र दिनेश खनाल रहेका छन् । कोषाध्यक्षमा पम्फा बराइली चुनिएको बताइएको छ ।
सह कोषाध्यक्ष पछि चयन गरिने जनाइएको छ । सदस्यमा मनोज सुवेदी, सारू मगर र गङ्गा पाठक उप्रेतीलगायत चयन भएको जनाइएको छ ।
Discussion about this post