इटहरीका अनुभवी व्यवसायीहरु मध्यको एउटा नाम हो राकेश श्रेष्ठ । श्री गजुरमुखी ज्वेलर्सका सञ्चालक श्रेष्ठ विगत ७ वर्ष देखि सुन व्यवसायमा सकृय छन् । फुजिसन सगरमाथा बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक समेत रहेका श्रेष्ठ २०४३ सालमा तत्कालिन हाँसपोसा गाविस भवानीपुर, हालको इटहरी उपमहानगरपालिका वडा नम्वर १९ मा जन्मिएका थिए ।
श्रेष्ठले २०६४ सालमा आफै प्रबन्ध निर्देशक बन्दै फुजिसन सगरमाथा बोर्डिङ स्कुलको स्थापना गरेका थिए । त्यसको करिव ९ वर्षपछि अर्थात २०७३ सालमा श्रेष्ठले सुन व्यवसायमा पाइला चालेका थिए । हाल पनि स्कुल तथा व्यवसय दुवैमा संलग्न भएर कार्यसम्पादन गदै आएका श्रेष्ठले उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा बाणिज्य तर्फबाट सदस्य पदमा उमेद्वारी दिने तयारी गरेका छन् । उद्योग वाणिज्य संघ इटहरीमा उनको उमेद्वारी के का लागि ? एजेण्डा के के छन ? प्रस्तुत छ यी र यस्तै विषयमा रहेर प्रदेश खवरले व्यवसायी राकेश श्रेष्ठसँग गरेको कुराकानी:
प्रदेश खवरको यो विशेष गफगाफमा तापाइलाई स्वागत छ
धन्यवाद, यो अवसरका लागि ।
उद्योग वाणिज्य संघ इटहरीमा राकेश श्रेष्ठको उमेद्वारी के का लागि ?
हालको अवस्थामा उद्योग वाणिज्य संघ इटहरी चलायमान बन्न नसकेको हो कि भन्ने अनुभुति हुन्छ । राजनितिक क्षेत्रमा पनि युवाहरुको आकर्षण बढ्दै गएको हुनाले उद्योग वाणिज्य संघ इटहरीलाई चलायमान बनाउनका लागि पनि मेरो उमेद्वारी हो । हाम्रो उमेरका युवाहरु विदेश पलायन भइरहदा उक्त कुरालाई निरुत्साहित गर्दै आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नका लागि पनि मैले उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा सहभागिता जनाउन खोजेको हो । स्थानिय सरकारसँग समन्वय गर्दै इटहरीको व्यवसायलाई उदाहरणीय बनाउन सकिन्छ भन्ने सन्देश दिनका लागि पनि म सक्षम हुनेछु भन्नेमा आसावादी छु ।
सदस्यमा नै उमेद्वारी दिनुको कारण ?
म सुनचादी व्यवसायी भएका कारणले पनि हाम्रो पुर्वाञ्चल सुनचादी व्यावसायी संघ नामक छुट्टै संस्था छ । उक्त संस्थामा करिव १७५ देखि २०० व्यवसायीहरु यस संस्थामा आवद्ध छन् । वाहाँहरुको प्रतिनिधित्व गर्दै मैले उमेद्धारी दिने निर्णय गरेको हुँ । मेरो पहिलो प्राथमिकता भनेको सुनचादी व्यवसायमा हुनेगरेका विविद समस्यहरुको हल गर्न पहल गर्नु नै हो । यसको मतलव म सुनचदी व्यवसायीहरुको समस्या समाधानमा लाग्ने र अरुलाई वास्ता नगर्ने भन्ने अवस्य हैन ।
तपाइको बुझाइमा उद्योग वाणिज्य संघ इटहरीको नेतृत्व कस्तो हुनुपर्छ ?
हालसम्मको अवस्थामा उद्योग वाणिज्य संघलाई एउटा भर्याङकारुपमा मात्रै प्रयोग गर्ने गरिएको जस्तो मलाई लाग्छ । तर, संघको नेतृत्व जुझारु हुन आवस्यक छ । काम गर्ने चाहाना हुन आवस्यक छ । इटहरीका व्यवसायीहरुको हकहितका निम्ति डटेर काम गर्न सक्ने नेतृत्व आवस्यक छ । बुटवल, चितवान जस्ता शहरहरु व्यापारिक शहरका रुपमा चिनिन्छन्, त्यस्तै अब आउने नेतृत्व इटहरीको व्यवसायलाई उदाहरणीय बनाउने एजेण्डा सहित चयन हुन आवस्यक रहेको छ ।
इटहरीको उद्योग तथा व्यापारमा उद्योग वाणिज्य संघ इटहरीको भुमिका कस्तो हुनुपर्छ ?
अघि भनेजस्तै संस्थालाई कुनैपनि हालतमा चलायमान बनाउनुको बिकल्प छैन । हामीसँग संस्थाको ठुलो भवन छ । तर, त्यसलाई सदुपयोग गर्न सकिएको छैन । व्यवसायी व्यक्तित्वहरुको न्यून उपस्थितिका कारण दिनको समयमा कार्यलयमा पुग्दा पनि भुत बङ्लामा पुगेको अनुभुति हुने गर्छ । त्यसैले भवनमा व्यवसायीहरुको उपस्थितिलाई बढाउने उपायहरु खोज्न आवस्यक छ । व्यापार व्यवसायमा लाग्न चाहाने युवाहरुलाई यस क्षेत्रका फाइदा तथा चुनौतिहरुका विषयमा बिभिन्न कक्षा संचालन गर्ने, व्यवसायीहरुमा आइपर्ने समस्याहरुमा अभिभावकत्व ग्रहण गर्ने लगायतका कार्य गर्न आवस्यक देखिन्छ ।
निर्वाचित हुदैगर्दा इटहरीको व्यवसायिक क्षेत्रको सुधारमा राकेश श्रेष्ठको भुमिका के हुन सक्छ ?
यस क्षेत्रमा म उमेद्धार बन्दै गर्दा मैले सबैभन्दा धेरै समय संस्थाको काम कारवाहीमा दिनुपर्ने हुन्छ । यस क्षेत्रका व्यक्तित्वहरुका समस्याहरुलाई सम्बोधन गर्दै सम्बन्धित निकायको ढोका ढकढक्याउने लगायतको भुमिकामा म अग्रभागमा रहने छु । व्यापारी तथा व्यवसायीहरुलाई नेतृत्वबिहिन भएको अनुभुति हुन नदिन के कस्ता कदम चाल्नुपर्छ भन्ने अध्ययन गरी अवस्यक कार्य गर्ने छु ।
उद्योग वाणिज्य संघ इटहरीको अघिल्लो नेतृत्वको कामकारवाहीलाई कसरी मुल्याङ्कन गरिरहनुभएको छ ?
अघिल्लो नेतृत्वमा एउटै प्यानल विजयी भएका कारणले पनि जे जति काम हुनुपर्ने हो त्यस अनुसारको काम नभएको अनुभुति हुन्छ । मलाई लाग्छ अब आउने नेतृत्वमा एउटै प्यानलको जित भन्दा पनि पक्ष र प्रतिपक्ष रहने गरीको नेतृत्व आउनुपर्छ भन्ने मेरो चाहाना हो । बजारको अवस्था हेर्दा अघिल्लो नेतृत्वप्रति व्यावसायीहरुमा बितृष्णा पैदा भएको देखिन्छ । यसको मतलव कुनै काम नै भएन भन्ने पनि हैन । तर, अपेक्षाकृत काम हुन नसकेको महसुष भने पक्कै भएको छ ।
इटहरीका व्यवसायीहरुले उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा मा राकेश श्रेष्ठलाई किन निर्वाचित गर्ने ?
म आफैमा एक युवा उध्यमी भएका कारण पनि केही गर्न सक्छु भन्ने हिम्मत बोकेर अघि बढेको छु । म भाग्यमा भन्दा धेरै कर्ममा विश्वास गर्ने गर्छु । आर्थिक उन्नतिसँगै सामाजिक सेवा पनि महत्वपुर्ण छ भन्ने मान्यता सहित अघि बढेको छु । त्यतिमात्र नभएर व्यापार व्यवसायमा आइपर्ने विविध समस्याहरुमा सधै उद्योगी तथा व्यापारीकै साथमा रहेर हातेमालो गर्दै समस्या समाधानका लागि पहल गर्ने विश्वास दिलाउन चाहान्छु ।
यो समयका लागि तापाइलाई धेरैधेरै धन्यवाद,सँगै जितको अग्रिम शुभकामना
धेरै धेरै धन्यवाद,प्रदेश खवरप्रति यो अवसरका लागि आभार प्रकट गर्दछु ।
प्रस्तुति:मनोज दाहाल
Discussion about this post