Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

यातायात व्यवस्था कार्यालय इटहरीमा अनुगमन गरिएको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले इटहरीमा रहेका दुबै यातायात व्यवस्था कार्यालयमा अनुगमन गरेको हो।
मंगलबार (आज) मन्त्रालयका सचिव उमेश बस्नेतसहितको टोलीले इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोसीको सवारी चालक र सवारी व्यवस्था कार्यालयमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा सवारी चालक अनुमति पत्र प्रदान गर्ने कार्यालयमा सेवा प्रभावित भएको पाइएको सचीव बस्नेतले बताएका छन् । उनले सवारी चालक अनुमति पत्र कार्यकक्षमा सेवाग्राहीले सेवा पाउन प्रभावित हुने गरेको बताए ।
यता सवारी व्यवस्था कार्यालय पनि व्यवस्थित हुन नसकेको सचीव बस्नेतको भनाई थियो । “कार्यलयबाट दिइने सेवालाई चुस्त दुरुस्त राख्न आवस्यक देखिन्छ”
सेवा चुस्त नहुदा सेवाग्राहीले अनेक झन्झट भोग्न बाध्य हुने गरेको उनले बताए । “दुवै कार्यलयमा सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएको छु । कुनै पनि समयमा पुनः अनुगमन हुनसक्ने जानकारी गराएको छु” सचीव बस्नेतले भने ।
सेवाग्राहीलाई आइपर्ने गुनासो सुन्ने अधिकारीको नाम र नम्बर सहज रूपमा सेवाग्राहीले नपाएका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको गुनासाहरु समेत अनुगमनका क्रममा आएको उनले बताए ।
प्रदेशभरी रहेका यातायात कार्यालय प्रमुखहरूलाई शुक्रबार बैठक राखेर सेवाग्राहीलाई प्रदान गरिने सेवाबारे छलफल गरिने उनको भनाइ छ । कार्यलयका काम कार्वाहीलाई व्यवस्थित बनाउन सोही बैठकमा पनि निर्देश गरिने सचीव बस्नेतले उल्लेख गरेका छन् ।
Discussion about this post