झापा । सुदूरपूर्वी तराईको जिल्ला झापा अचेल शैक्षिक केन्द्रका रुपमा विकसित भएको छ । झापाका विभिन्न स्थानमा उत्कृष्ट पठन पाठन हुने संस्थागत विद्यालयहरु सञ्चालनमा छन् ।
गुणस्तरीय पढाइ हुने भएकाले अभिभावकले आफ्ना सन्ततिको पढाइ आफ्नै घरगाउँ छेउ गराउने गरेका छन् । स्थानीय स्तरमै राम्रो पढाइ हुने विद्यालयहरु खुलेपछि विद्यार्थीलाई पनि धेरै सहज भएको छ ।
झापाका विभिन्न स्थानमा उत्कृष्ट विद्यालयहरु सञ्चालनमा छन् । यहाँ हामीले तीमध्ये केहीबारे संक्षिप्त रुपमा जानकारी प्रस्तुत गरेका छौं । अन्य संस्थाहरुबारे आगामी दिनमा सामग्री प्रकाशन गर्दै जाने छौं ।
पढाइको गुणस्तर, भौतिक पूर्वाधारको अवस्था, जनशक्ति अनि नजिताका आधारमा हामीले विद्यालयहरुको मूल्यांकन गरेका हौं ।
बाल्मीकि एजुकेशन फाउण्डेशन
वाल्मीकि एजुकेशन फाउण्डेशन २०५९ सालमा स्थापित विद्यालय हो । वाल्मीकि शिक्षा प्रतिष्ठानका रुपमा स्थापित यो विद्यालय जिल्लाकै नमूना विद्यालयका रुपमा परिचित छ । निजी शैक्षिक संस्थाको रूपमा स्थापना भएको यो विद्यालय राष्ट्रिय परीक्षा बोर्डमा आबद्ध छ । यो विद्यालयमा प्ले ग्रुपदेखि मास्टरसम्मको अध्ययन अध्यापन हुने गरेको छ ।
झण्डै तीन हजार विद्यार्थी अध्ययनरत रहेको यो विद्यालयका संस्थापक गोपालकुमार वस्नेत हुन् भने विद्यालयको निर्देशक आनन्द कुमार वस्नेत र प्रिन्सिपल विष्णु सिंघल हुन् ।
बिर्तामोड नगरपालिका १, जगत बस्ती टोलमा स्थापित यो विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा मध्यम शुल्क संरचनासहित उपलब्ध गराउँछ र योग्य विद्यार्थीहरूका लागि छात्रवृत्ति योजना समेत उपलब्ध गराउँदै आएको छ ।
वाल्मीकि शिक्षा प्रतिष्ठानले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुको साथै अतिरिक्त क्रियाकलावमा समेत विद्यार्थीलाई सहभागी गराएर हरेक वर्ष जिल्लामा आफ्नो छवि उच्च बनाउने काम गर्दै आएको छ ।
वाल्मीकि एजुकेशन फाउण्डेशनले स्थापना कालदेखि नै एसएलसी र एसइइमा छुट्टै रेकर्ड राखेको छ ।
विद्यार्थीको समग्र सिकाइ क्षमता बढाउन र राम्रो सुसज्जित सुविधाहरू उपलब्ध गराउँदै अतिरिक्त क्रियाकलावका माध्यमबाट समेत उनीहरुलाई समय सापेक्ष शिक्षा प्रदान गरिदै आएको छ ।
बाल्मीकि एजुकेशन फाउण्डेसन जिल्लाका अग्रणी शैक्षिक संस्थाहरू मध्येमा पर्ने गरेको छ । संस्थाका सबै गतिविधिमा विद्यार्थीको पूर्ण सहभागिता नभएसम्म शैक्षिक उत्कृष्टता हासिल गर्न नसकिने भएको ठहर गर्दै विद्यार्थीहरूलाई उनीहरूको चौतर्फी विकासका लागि विभिन्न विद्यार्थी–केन्द्रित गतिविधिहरू समावेश गराउँदै आएको छ ।
विद्यालयमा पुस्तकालय, खेलकुद, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, परामर्श, छात्रवृत्ति, कक्षा कोठा, नृत्य, संगीत, भ्रमण इसीए आदिका कारण पनि अभिभावकको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।
न्यूटन एजुकेशन एकेडेमी
झापामा सञ्चालित निजी विद्यालयहरुमध्येको बिर्तामोड बिर्तामोड ५ मा रहेको न्यूटन एजुकेशन एकेडेमी शिक्षाको लागि उत्कृष्ट विद्यालय हो ।
शिक्षा सेवी स्वर्गीय हरिकुमार प्रसाईले स्थापना गरेको यो विद्यालयमा करिब एक हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।
२०६० सालमा स्थापित यो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गरेको छ । उत्कृष्टताको खोजीमा अग्रगामी विद्यालयका रुपमा परिचित यो विद्यालयका प्रिन्सिपल देवेन्द्र हुँमागाई हुन् ।
शैक्षिक उत्कृष्टता, बौद्धिक वृद्धि, ललितकला, प्रदर्शन कला, खेलकुद, गीत संगीत, आदिका लागि पनि यो विद्यालय जिल्लामा परिचित छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा अब्बल रहेको यो बिद्यालय आम अभिभावकको रोजाईमा रहेको छ ।
फि स्टक्चरका आधारमा हेर्ने हो भने पनि यो विद्यालय अन्य विद्यालयको तुलनामा सस्तो र विद्यार्थीलाई सर्वसुलभ शिक्षा प्रदान गर्ने विद्यालयका रुपमा परिचित छ ।
शैक्षिक हवका रुपमा परिचित बन्दै गएको बिर्तामोडमा धेरै विद्यालय रहेपनि न्यूनटको छुट्टै चाम छ । विद्यालयका प्रिन्सिपल हुँमागाईका अनुसार गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था र विपन्न समुदायका धेरै बालवालिका लाई यो विद्यालयमा निःशुल्क अध्ययन गर्ने गरेका कारण पनि अभिभावको रोजाईमा परेको हो ।
विगतका वर्षदेखि नै एसएलसी र एसइई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल यो विद्यालयले यस वर्षपनि इसईईमा राम्रो नतिजा ल्याएका कारण यो विद्यालयको चर्चा चुलिएको हो ।
विद्यालयले प्रदान गर्ने उत्कृष्ठ शिक्षाका कारण यो विद्यालयले शिक्षा क्षेत्रमा फड्को मार्दै गएको छ । दक्ष, अनुभवी र तालिमप्राप्त शिक्षकले अध्ययन अध्यापन गराउने यो विद्यालय आफैंमा जिल्लाको नमूना विद्यालयमा पर्छ ।
सिद्धार्थ बोर्डिङ स्कूल
सिद्धार्थ बोर्डिङ माध्यमिक विद्यालय झापाको दमकमा रहेको छ । जसलाई प्रायः सिद्धार्थ बोर्डिङ मावि भनिने गरिन्छ । तेज कुमार श्रेष्ठद्वारा २०३५ सालमा स्थापना गरिएको यो विद्यालय त्यस क्षेत्रको नमूना विद्यालयका रुपमा स्थापित छ । यो विद्यालयलाई दमकमा रहेका निजी विद्यालयहरुको तुलनामा सबैभन्दा प्रतिष्ठित विद्यालयका रुपमा चिनिने गरिएको छ । यहाँ मन्टेसरीदेखि प्रवेशिका परीक्षासम्म शिक्षा प्रदान गरिँदै आएको छ ।
यो विद्यालयमा दुई हजार भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेका छन् । जसमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीको संख्या मात्रै आठसयको हाराहारीमा रहेको बताइएको छ ।
विद्यार्थीहरूलाई अत्याधुनिक प्रविधि सहितको शिक्षा प्रदान गर्न यो विद्यालय केन्द्रीत छ । महामारीको समयमा पनि नियमित अनलाइन कक्षाहरू मार्फत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सफल यो विद्यालय जिल्लाकै नमूना विद्यालय अन्तर्गत रहेको छ । यो विद्यालयको आफ्नै जमिन र पर्याप्त भौतिक तथा शैक्षिक सामग्री रहेका छन् । अनुशासित, प्रविधिमैत्री शिक्षा प्रदान गर्ने गरेका कारण यो विद्यालय अभिभावकको रोजाईमा पर्ने गरेको छ ।
राजनीति रहित शिक्षा प्रदान गर्ने यो विद्यालयमा कुनै पनि विद्यार्थी संघ संगठनले प्रवेश पाएका छैनन् ।
एम्स एकाडेमी
निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन०मा आवद्ध अर्जुनधारा नगरपालिकामा ३० वटा विद्यालय रहेका छन् । जसमध्ये अर्जुनधारा नगरपालिका – ८ मा टिकाराम गौतम ९टिआर० ले सञ्चालन गरेको एम्स एकाडेमी पनि एक हो । जुन विद्यालय नगरकै उत्कृष्ट विद्यालयका रुपमा परिचित छ ।
त्यसो त अर्जुनधारा नगरपालिकामा सञ्चालित अन्य निजी विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएता पनि अभिभावकको रोजाईमा एम्स एकाडेमी रहेको पाइएको छ ।
समय सापेक्ष र प्रविधिमैत्री शिक्षण सिकाईसंगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिया सहभागीता जनाउने यो विद्यालयमा अध्ययरत विद्यार्थीले रहेक वर्ष प्राप्त गर्ने शैक्षिक उपलब्धिलाई आधार मान्दै नगरपालिकाले समेत पटक–पटक पुरस्कृत गर्नुले पनि यो विद्यालयले आफैंमा राम्रो छवि बनाएको छ ।
२०५४ सालमा बनियानीमा स्थापित यो विद्यालयलाई स्थानान्तरण गर्दै २०७२ सालबाट अर्जुनधारा नगरपालिका–८ मा गौतमले सञ्चालनमा ल्याएका थिए । २०७३ सालबाट नै एसएलसी परीक्षामा विद्यार्थीलाई सहभागी गराएर नगरकै सर्बोत्कृष्ट नतिजा ल्याउने विद्यालयका रुपमा आफूलाई उभ्याएपछि यो विद्यालयको चौतर्फी चर्चा शुरु भयो ।
शिक्षण सिकाई क्रियाकलावका लागि यो विद्यालयले दक्ष र तालिमप्राप्त जनशक्तिलाई प्रयोग गर्दै अधिकतम राम्रो नतिजा दिन शुरु गरेसंगै अभिभावक र विद्यार्थीको ध्यान यही विद्यालयमा केन्द्रीत भयो । फलस्वरुप आजपर्यन्त यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ७ सय माथि छ ।
एसईई परीक्षामा हरेक वर्ष यो विद्यालयमा अध्ययनरत विद्यार्थीले राम्रो जीपीए ल्याएर उत्तीर्ण हुनु, विद्यालय, नगर तथा जिल्ला स्तरमा आयोजना गरिने हरेक अतिरिक्त क्रियाकलावमा समेत एम्सले दर्बिलो उपस्थिति जनाउनु र यो विद्यालयबाट ‘पास आउट’ विद्यार्थीले समेत हरेक क्षेत्रमा उत्कृष्ठता हासिल गर्नुले नगरमा मात्र नभई जिल्लाभर यो विद्यालयको चर्चा हुने गरेको छ ।
शैक्षिक गुणस्तर राम्रो भएकै कारण अर्जुनधारा नगरपालिका शिक्षा शाखाले २०७५, २०७६ देखि नै यो विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा सूचिकृत गर्दै पुरस्कृत गर्दै आएको छ । कोरोना कालमा समेत प्रविधि मैत्री शिक्षण सिकाईकै कारण यस विद्यालयमा अध्ययनरत विद्यार्थीले राम्रो प्राप्ताङ्क ल्याउन सफल भएका कारण यो विद्यालय अभिभावकको रोजाईमा परेको छ ।
विद्यालयमा विद्यार्थीलाई शिक्षण सिकाई मात्र नभई उनीहरुको व्यक्तित्व विकास९लिडरसिप०का लागि आयोजना गरिने विभिन्न कार्यक्रमले पनि यो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अब्बल र सक्षम हुने गरेका छन् । कक्षा १० सम्म पठन– पाठन हुने यो विद्यालयमा नर्सरीदेखि नै विद्यार्थीको भर्नादर उच्च छ ।
अभिभावकको राय बमोजिम नै विद्यालयको वार्षिक योजना तयार पार्ने यो विद्यालयले समय सापेक्ष, प्रविधिमैत्री, खोजमुलक शिक्षण विधि अपनाउदै पठन पाठन गराउँदै आएको विद्यालयका संस्थापक गौतम बताउछन् । उनी भन्छन्– शिक्षण सिकाई क्रियाकलावका लागि हाम्रो विद्यालयले कुनै कुरामा कमी हुन दिएको छैन ।
‘नैतिक शिक्षा आजको आवश्यकता हो’ गौतमले भने ‘हामी हाम्रो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सबैभन्दा पहिला आचरण सिकाउँछौं, आचारण बिनाको विद्यार्थीलाई जतिसुकै राम्रो शिक्षा दिएपनि त्यसले व्यवहारमा लागू गर्न नसक्ने भएकाले हाम्रो पहिलो प्राथमिकता नै आचरण शिक्षा हो ।’
उनका अनुसार विद्यार्थीलाई आचारण सिकाउनकै लागि प्रत्येक महिना एक विशिष्ट व्यक्तिको उपस्थितिमा उनीहरुलाई ‘मोटिभेसन’ गराउने काम हुन्छ । जसका कारण उनीहरुले केही नयाँ कुरा सिकिरहेका हुन्छन् ।
आगामी शैक्षिक सत्र २०८० शुरु हुनै लाग्दा यो विद्यालयले थप नयाँ योजना अघि सार्दै अभिभावकको ध्यानाकर्षण गराएको छ । आगामी शैक्षिक सत्रका लागि बैशाक ४ गतेबाट पठनपाठन शुरु गर्ने तयारी गरेको यो विद्यालयले कक्षा नर्सरी,एलकेजी र यूकेजीमा अध्ययनरत विद्यार्थीका लागि व्यवहारिक पाठ्यक्रम तयार गरी पढाई, लेखाई तथा सिकाईका लागि पाठ्य पुस्तकको व्यवस्था गरेको छ ।
कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको मात्र पठन–पाठन गराउँदै अनावश्यक पुस्तकको बोझबाट विद्यार्थीलाई मुक्त गराउने योजना अघि सारेको छ ।
समय सान्दर्भिक तथा अन्तराष्ट्रिय मान्यता र परिवेश अनुरुप अनुकुल शिक्षण गराई विद्यालयको योजना रहेको बताइएको छ । बचेको दुई घण्टीमा विद्यार्थीबीच इङ्लिस कन्र्भरसेसन र इसीएलाई व्यवस्थित रुपमा विद्यालयले आफैं शिक्षण सामग्री तयार गरी पठन–पाठन गराउने योजना अघि सारेको छ ।
विद्यालयमा निःशुल्क कम्प्युटर कक्षाको व्यवस्था, कम्प्युटर ल्याव व्यवस्थित गर्दै लाने र विद्यालयमा पूर्णकालीन खेल प्रशिक्षक नियुक्त गरी खेलकुद क्षेत्रमा विद्यार्थीको अभिरुचि बढाउने योजना अघि सारेको छ । विद्यालयमा विद्यार्थीहरुलाई संगीतको विशेष कक्षा, उद्घोषण तालिम, विद्यार्थीको क्षमता बिकासका लागि नयाँ नयाँ कार्यक्रम सञ्चालन गरिने विद्यालयको वार्षिक कार्यतालिकामा उल्लेख छ ।
त्यसो त यो विद्यालयमा अध्ययनरत कमजोज विद्यार्थीको पहिचान गरी जेठको पहिलो साताबाट अतिरिक्त कक्षा सञ्चालन गर्दै सिकाईलाई प्रभावकारी बनाउने तयारी गरिएको छ ।
विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन मनोपरामर्शका कक्षा समेत सञ्चालन गरिने र आगामी शैक्षिक सत्रदेखि मार्सल आर्ट, ९कराते उसु०का कार्यक्रम लागू गर्दै विद्यार्थीको शारीरिक तथा मानसिक विकासका कार्यक्रम अघि बढाईएको छ ।
लिटिल फ्लावर्स इङ्लिस स्कूल
अंग्रेजी माध्यममा शिक्षा दिने मात्र नभई विद्यार्थीको मनोवैज्ञानिक र शारीरिक आवश्यकतालाई ध्यानमा राखी उनीहरूलाई मार्गदर्शन र तालिम दिने उद्देश्यले २०३८ सालमा स्थापना भएको लिटिल फ्लावर्स इङ्लिस स्कूल जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ ।
यो विद्यालय बिर्तामोड नगरपालिका ४ मा अवस्थित छ । यो विद्यालयका संस्थापक निर्देशक राजेश खड्का हुन् । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिई समुदायको सेवा गर्न अथक प्रयास गर्दै आएको यो विद्यालयले युग सुहाउदो शिक्षा प्रदान गर्दै आएको छ ।
विगतका वर्षमा एसएलसी परीक्षामा नेपाल फष्ट गराएर यो विद्यालयले झापामा मात्र नभई देशमै आफ्नो नाम सुरक्षित गरिसकेको छ । शिक्षा क्षेत्रको विकासका लागि स्थापना भएको यो विद्यालयले विगत चार दशक अघि वर्षको गौरवशाली इतिहास बोकेको छ ।
यो विद्यालयमा अहिले झण्डै १५ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल विशाल क्षेत्रीले जानकारी दिए ।
नर्सरीदेखि कक्षा ११ सम्म अध्ययन अध्यापन हुने गरेको यो विद्यालयमा अध्ययनरत विद्यार्थीले आफ्नो बहुआयामिक विकासलाई उत्तेजित गर्ने बृहत् वातावरण उपलब्ध गराउँदै आएको छ । पढाईका अलावा अतिरिक्त क्रियाकलावमा समेत यो विद्यालय जिल्लाकै उत्कृष्ठ विद्यालय मध्येको एक हो ।
प्रत्येक विद्यार्थी आफ्नै विशेषता र स्वभावसँग अद्वितीय रहेको हुन्छ विद्यालयका निर्देशक खड्काले भने – हामी ‘तमसो मा ज्योतिर्गमय’ ज्ञानको ज्योतिले अज्ञानताको अन्धकार हटाउन सक्छ भन्ने मूल नारा लिएर अघि बढेका छौं ।
बाल्यकालको आश्चर्य र विस्मयलाई प्रकृतिको उपहारको रूपमा मनाउँदै गरिने शिक्षण सिकाई क्रिकलावका कारण यो विद्यालयको चर्चा हुने गरेको हो । वालवालिकाको समग्र विकासलाई प्रोत्साहन गर्न मद्धत पु¥याउँदै सबै बालबालिकाको फरक अनुभव, पृष्ठभूमि, क्षमता र आवश्यकताहरू पूरा गर्न उपयुक्त कार्यक्रम सञ्चालन गरेकाले पनि अभिभावकको रोजाईमा यो विद्यालय परेको हो ।
सुरक्षित, सुरक्षित, उत्तेजक र बच्चालाई ध्यानमा राखेर योजनाबद्ध रूपमा स्वस्थ सिकाइ वातावरण सिर्जना गर्ने र सिकाइका सबै पक्षहरूलाई प्रवद्र्धन गर्ने मुख्य माध्यमको रूपमा उद्देश्यपूर्ण खेलमा विश्वास गरेकै कारण यो विद्यालयमा विद्यार्थीको रुची वढेको हो ।
पछिल्लो समय साक्षरता र संख्यात्मक विकासको लागि बलियो आधार निर्माण गर्ने अनुभवहरू प्रदान गर्दै आएको थियो विद्यालयले राष्ट्रिय पाठ्यक्रम र परीक्षा शब्दांशलाई विभिन्न प्रकारका शिक्षण प्रविधिहरू मार्फत प्रभावकारी रूपमा कार्यान्वयन गछर्दै आएको छ । जसका कारण यो विद्यालयको चर्चा हुने गरेको हो ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन देशभित्र अङ्ग्रेजी माध्यमका विद्यालय स्थापना गर्ने प्रस्ताव ल्याएका थिए । २०३८ सालमा श्री राजेश खड्काको पहलमा, श्री। गोपाल कुमार बस्नेत, श्री सुधीर शिवाकोटी र श्री दिनेश मल्ल, लिटिल फ्लावर्स अङ्ग्रेजी विद्यालय झापाको तत्कालीन बिर्तामोड बस्तीमा नर्सरीदेखि कक्षा २ सम्म जम्मा ४७ जना विद्यार्थी र ४ जना शिक्षकसहित स्थापना भएको थियो। त्यही विद्यालय अहिले बिर्तामोड नगरको मात्र नभई देश भर चिनिएको छ ।
माउन्ट एभरेष्ट
ग्रामीण क्षेमा सञ्चालनमा रहेको माउन्ट एभरेष्ट इڮ्लिस स्कूल झापामा सञ्चालित उत्कृष्ठ निजी विद्यालयहरु मध्येमा पर्ने विद्यालय हो । यो विद्यालय पश्चिम दक्षिण झापाको गौरादह नगरपालिका १ मा सञ्चालित छ ।
२०३८ सालबाट सञ्चालनमा रहेको यो विद्यालयले २०५१ सालबाट एलएलसी परीक्षामा विद्यार्थीलाई सहभागी गराउँदै पटक पटक जिल्ला प्रथम भएसंगै यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको चाप बढेको हो ।
त्यसो त यो विद्यालयले खेलकुद तथा अतिरिक्त क्रियाकलावमा समेत सधै उत्कष्ठता हाँसिल गर्दै आएको छ । जसका कारण पनि यो विद्यालय अभिभावकको रोजाईमा छ ।
नारायणप्रसाद घिमिरे प्रिन्सिपल हुन् यो विद्यालयका । २०४८ सालबाट प्रिन्सिपलको नेतृत्व सम्हालेको घिमिरेले यो विद्यालयलाई शिक्षा क्षेत्रमा तीन पटक राष्ट्रिय शिक्षा पुरस्कार, दिलाउन सफल भए ।
११ पटक एसएलसी परीक्षामा जिल्ला प्रथम भएको यो विद्यालयले एसएलसी शुरु गरेको वर्ष नै जिल्ला फष्ट गरेको थियो भने २०५२ सालमा छात्र र छात्रा दुवै तर्फ जिल्ला प्रथम भएको थियो ।
घिमिरेले नेतृत्व गरेको यो विद्यालयमा अहिले पनि झण्डै एक हजार दुई सय विद्यार्थी अध्ययनरत रहेका छन् । कक्षा १२ सम्म पठन पाठन हुने यो विद्यालयमा ५७ जना शिक्षक तथा कर्मचारीले रोजगारी समेत पाएका छन् । एक विगाह क्षेत्रफलमा फैलिएको यो विद्यालयको आफ्नै भौतिक संरचना, विद्यार्थी ओसारपसारका लागि विद्यालय वसको व्यवस्था हुनुले पनि विद्यार्थीको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।
यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये ४१ जना एमवीवीएस डक्टर, तीन सय वढी इन्जिनियर, अधिकृत र अन्य धेरै सरकारी सेवामा प्रवेश गरेका कारण पनि यो विद्यालयमा अध्धययन गर्ने विद्यार्थीको संख्या धेरै छ ।
चार जना सञ्चालक रहेको यो विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी विज्ञान संकाय अध्ययन गर्ने गरेका छन् ।
कञ्चनजंघा अंग्रेजी माध्यमिक
बिर्तामोड नगरपालिका–४ मा रहेको कञ्चनजंघा अंग्रेजी माध्यमिक विद्यालय संस्थागत विद्यालयतर्फ जिल्लामै उत्कृष्ट विद्यालयमा पर्छ ।
२०६५ सालमा स्थापना भएको यो विद्यालयको स्थापना गुरुभक्त न्यौपानेले गरेका हुन् । झापाको कनकाई नगरपालिकास्थित लक्ष्मीपुरबाट स्थानान्तरण गर्दै यो विद्यालयलाई बिर्तामोडमा पु¥याइएको हो ।
२०६५ सालमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनको अनुमति प्राप्त गरेको यो विद्यालयमा अहिले एक हजार पाँच सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।
मासिक तीन हजार रुपैयाँभन्दा कम शुल्कमै यो विद्यालयमा विद्यार्थीले कक्षा १० सम्मको अध्ययन गर्न पाउँछन् । यो शुल्क निजी विद्यलयका लागि अत्यन्त न्यून भएको विद्यालयका संस्थापक प्रिन्सिपल न्यौपानेको भनाई छ ।
दुर्गा माध्यमिक विद्यालय गरामनीको प्रधानाध्यापकको जिम्मेवारी छाडेर न्यौपानेले स्थापना गरेको यो विद्यालयमा समयसापेक्ष प्रदान गरिने शिक्षाका कारण विद्यार्थी संख्या उच्च भएको हो ।
लामो समयसम्म शिक्षा क्षेत्रमा क्रियाशील न्यौपानेले आफ्नै क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा दिन सञ्चालन गरेको कञ्चनजंघा अग्रेजी विद्यालयले अहिले झापामा छुट्टै पहिचान बनाएको छ ।
विद्यालयको भीडमा अस्वस्थ प्रतिस्पर्धा नगरी स्वस्थ प्रतिस्पर्धाबाटै आफू यो उचाइमा पुगेको र आफूले लिएको लक्ष्यमा शतप्रतिशत सफल भएको न्यौपाने दाबी गर्छन् ।
प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका उनी हाल प्याब्सन झापाका सल्लाहकार तथा बिर्तामोड नगर शिक्षा समिति सदस्य समेत छन् । एक सय ३५ जना भन्दा धेरैलाई रोजगारी दिएको यो विद्यालयमा अहिले कक्षा नर्सरीदेखि वीवीए र वीएचसीसम्मका कक्षा सञ्चालनमा छन् ।
पशुपति इङ्लिस स्कूल
झापाको कनकाई नगरपालिका ३ मा रहेको पशुपति इङ्लिस स्कूल नगरकै उत्कष्ट विद्यालय हो । यो विद्यालय कनकाईको मात्र नभई जिल्लाकै उत्कृष्ट निजी विद्यालय मध्येको एक हो । २०३९ सालमा स्थापित यो विद्यालयका संस्थापक स्व। गंगाप्रसाद उप्रेती हुन् । हाल यो विद्यालयका सञ्चालक एलपी उप्रेती सहित पुण्यप्रसाद उप्रेती र गोमादेवी उप्रेती रहेका छन् ।
नर्सरीदेखि नै प्रविधि मैत्री र युग सुहाउँदो शिक्षा प्रदान गरेका कारण यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या उच्च छ । हाल यो विद्यालयमा एक हजार एक सय भन्दा धेरै विद्यार्थी अध्धयरत रहेका छन् ।
वाल मनोवैज्ञानिक, संस्कारयुक्त शिक्षा, अतिरिक्त क्रियाकलाव र खेलकुद लगायतका विधामा समेत विद्यार्थीलाई सहभागी गराएर विद्यार्थीको चौतर्फी विकासमा खेलेको भूमिकाका कारण यो विद्यालयको चर्चा जिल्ला भर हुने गरेको छ ।
आफ्नै भवन, आफ्नै स्कूल वस, पर्याप्त खेल मैदान र स्वच्छ , सुन्दर वातावरणमा अध्ययन अध्यापन हुने गरेका कारण पनि यहाँ अध्ययन गर्ने विद्यार्थीलाई सहज हुने गरेको विद्यालयका प्रिन्सिपल उप्रेती बताउँछन् । ७२ जना शिक्षक र कर्मचारीलाई यो विद्यालयले रोगजारी समेत दिएको छ ।
विद्यालयका संस्थापक स्व। गंगाप्रसादले आफ्ना भान्जालाई भारतको खर्साङ पढाउन पठाउनुको सट्टा आफ्नै क्षेत्रमा अंग्रेजी माध्यमबाट आफ्ना आफन्त र यस क्षेत्रका सर्वसाधारणका लागि पठन पाठन गराउने उद्देश्यले खोलेको यो विद्यालय अहिले धेरैका लागि सुविधाजनक विद्यालयका रुपमा रहेको छ ।
कर्णाली इङ्लिस स्कूल
बुद्धशान्ति गाउँपालिकामा रहेको कर्णाली इङ्लिस स्कूल त्यस क्षेत्रको उत्कृष्ट विद्यालय हो । ग्रामीण क्षेत्रमा स्थापित यो विद्यालयमा कक्षा १२ सम्म अध्ययन अध्यापन हुने गरेको छ । २०५३ सालमा स्थापित यो विद्यालयका सञ्चालक छत्रवहादुर कार्की र नवीन विमली हुन् । आफ्नै भवन, विद्यालय वसको व्यवस्था, प्रविधि मैत्री शिक्षण विधि र समय सापेक्ष शिक्षा प्रदान गर्ने भएका कारण यो विद्यालय शिक्षक र अभिभावको रोजाईमा छ ।
एसइइमा हरेक वर्ष ल्याउने उत्कृष्ट नतिजाका कारण पनि यो विद्यालयमा विद्यार्थी संख्या त्यस क्षेत्रमा सञ्चालित अन्य विद्यालयको तुलनामा धेरै छ । कमजोर विद्यार्थीलाई छुट्टै कक्षाको व्यवस्था सहित अध्ययन अध्यापन हुने यो विद्यालयका प्रिन्सिपल सोमनाथ भट्टराई हुन् ।
झण्डै १३ सयको हाराहारीमा यो विद्यालयमा विद्यार्थी रहेका छन् । विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा पनि खेलेको भूमिकाका कारण यो विद्यालयले उत्पादन गरेका विद्यार्थी सबै क्षेत्रमा अब्बल देखिएका छन् ।
स्मार्ट कक्षा सञ्चालन, हरेक विद्यार्थीलाई छुट्टा छुट्टै कम्प्युटर कक्षाको व्यवस्थापन गर्दै अध्ययन अध्यापन गराउँदै आएको यो विद्यालय जिल्लामा सञ्चालित उत्कृष्ट निजी विद्यालयहरुको तुलनामा गनिँदै आएको छ ।
सिग्मा इङ्लिस स्कूल
नवराज पराजुली संस्थापक रहेको सिग्मा इङ्लिस स्कूल जिल्लामा सञ्चालित निजी विद्यालयहरु मध्येको हल्दिवारी गाउँपालिकामा अव्वल विद्यालयका रुपमा परिचित छ ।
यो विद्यालय २०५२ सालमा स्थापित विद्यालय हो । यहाँ सात सय भन्दा धेरै विद्यार्थी अध्धयनरत रहेका छन् । ग्रामीण भेगमा भएपनि यो विद्यालयमा प्रदान गरिने गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलावका कारण धेरैको यो विद्यालय रोजाईको विद्यालयमा पर्ने गरेको छ ।
२०७५ सालमा भएको एसइइ परीक्षामा जिल्ला प्रथम भएको यो विद्यालयमा रहेक वर्ष उत्कष्ट नतिजा हासिल गर्ने विद्यालय मध्येमा पर्छ । कक्षा ११ सम्म पठन पाठन हुने यो विद्यालयमा घरायसी वातावरणमा पठन पाठन हुने गरेका कारण पनि अभिभावकले यो विद्यालयमा आफ्ना नानीहरु पठाउने गरेको सञ्चालक पराजुली बताउँछन् । कक्षा कोठामा छडी रहित सिकाई, विद्यार्थीलाई मनोपरार्मस समेत दिइने यो विद्यालयमा अध्ययनरत विद्यार्थी हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्दा अब्बल हुने गरेका छन् ।
हल्दिवारी २ मा रहेको यो विद्यालयमा अधिकांश विद्यार्थी आदिवासी समुदायका हुने गरेका छन् । ८ जना विद्यार्थीबाट अध्ययन शुरु भएको यो विद्यालयमा अध्ययनरत विद्यार्थी अहिले देश तथा विदेशका विभिन्न क्षेत्रमा उच्च ओहोदामा रहेर काम गरिरहेको बताइन्छ । विद्यार्थीलाई विद्यालय स्तरबाट नै योग शिक्षा, स्विमिङ र मनोरञ्जनका अन्य गतिविधि गरिने यो विद्यालय हल्दिवारी गाउँपालिकाको मात्र नभई जिल्लामा सञ्चालित अब्बल विद्यालय मध्येको एक हो ।
शब्द-सुरेन्द्र भण्डारी
Discussion about this post