धरान : धरानमा जारी २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र साबिक विजेता एनआरटी क्लब काठमाडौँ बिच दिउसो ३ः०० बजेदेखि प्रतिस्पर्धा हुदैछ ।
हिजो शुक्रवार धरान उपमहानगरपालिका–१६ स्थित धरान रंगशालामा सम्पन्न खेलमा झापा ११ झापाले पाहुना टोली जर्जियन क्लब भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
गत बर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यस बर्ष १० टोली सहभागी रहेको छ । विजेताले नगद रु.१० लाख र उपविजेताले रु.पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए ।
त्यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई रु.१० हजार प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु.२५–२५ हजार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्तालाई रु.३५ हजार पुरस्कार प्रदान गरिने छ ।
धरान फुटबल क्लबले २०५५ सालदेखि आयोजना गर्दै आएको उक्त प्रतियोगिता मा २२ देखि सुरु भई आगामी फागुन २ गतेसम्म सञ्चालन हुने छ । गत वर्षको प्रतियोगिताको उपाधि एनआरटी क्लब काठमाडौँले जितेको थियो भने चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं उपविजेता बनेको थियो ।
प्रतिक्रिया