इटहरी । इटहरीको नवदृष्टि आँखा अस्पताल स्थापनाको पाचौँ वर्षमा प्रवेश गरेको छ । आज (आइतवार) प्रदेश १ स्वास्थ्य मन्त्री निर्मला लिम्बूको उपस्थितिमा एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले आफ्नो चौथो वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश १ स्वस्थ्य मन्त्री निर्मला लिम्बूले आँखा मानिसको जिवनकै अमुल्य अंग भएको उल्लेख गरिन् । नवदृष्टि आँखा अस्पताल स्थापनाको चौथो वर्षमा प्रवेश गरेको उपलक्षमा बधाई दिदै मन्त्री लिम्बूले चर्चित डाक्टर सन्दुक रोहितलाई उपस्थित गराई आँखाका शिविरहरु निशुल्करुपमा सञ्चालन गर्न अस्पताललाई सुजाव दिइन् ।
कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष भक्त लामाले नवदृष्टि आँखा अस्पताल आफ्नै वडामा छ भन्दा गर्व महशुष हुने बताए । वडाध्यक्ष लामाले अस्पतालमा भएका समस्याहरुको समाधानका लागि स्थानिय सरकारका रुपमा अस्पतालसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश भट्टराईले आफुले पनि नवदृष्टि आँखा अस्पतालको सेवा लिएको उल्लेख गर्दै प्राप्त सेवाबाट सन्तुष्ट प्राप्त भएको उल्लेख गरे । अध्यक्ष भट्टराईले नवदृष्टि आँखा अस्पताल पुर्वकै दृष्टी बन्दै गएको उल्लेख गरे ।
यस्तै,अस्पतालका प्रबन्धक भक्तबहादुर शाहीले अस्पतालले गर्दै आएका सेवाहरुको विषयमा जानकारी गराएका थिए । विभिन्न स्थानका बिरामीहरूलाई लक्षित गर्दै समय समयमा निशुल्क शिविरको आयोजना गर्ने गरिएको प्रबन्धक शाहीको भनाई थियो ।
कार्यक्रमका लागि अस्पतालमा उपस्थित भएकी मन्त्री लिम्बूले अस्पतालको निरिक्षण समेत गरेकी थिइन् । सथै, मन्त्री लिम्बूको समेत आँखा जाँच गरिएको थियो । वार्षिकोत्सवकै अवरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा करिव ३० भन्दा धेरैले रक्तदान गरेको प्रवन्धक शाहीले जानकारी दिएका छन् ।
२०७५ साल माघ १ गतेबाट इटहरीमा स्थापना भएको नवदृष्टि आँखा अस्पतालले आँखाका बिरामीहरुलाई मध्यनजर गर्दै इटहरीकै तरहरा, संखुवासभाको तुम्लिङटार लगायतका स्थानमा शाखा स्थापना गरी सेवा दिइरहेको छ । केही समय भित्रमा मोरङको केरावारी र बयरबनमा पनि शाखा बिस्तार गर्ने तयारी भैरहेको प्रबन्धक शाहीले जानकारी दिएका छन् ।
Discussion about this post