इलाम / आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि डाकप्रसाद गौतमले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
पूर्व शिक्षकसमेत रहेका गौतमले प्रदेश सरकार खारेजीको मागसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
देशमा राजनीतिक खिचातानीले भ्रष्टाचार र महँगी बढाएको भन्दै उनले देश गरिबीको चपेटामा रहेका बेला नागरिकको करबाट देशका धेरै जनप्रतिनिधि पाल्न नसकिने बताए ।
देशका सबैजसो दल भ्रष्टाचारमा लिप्त भएको भन्दै यो जर्जर अवस्थाबाट माथि उकास्न आफूजस्ता स्वतन्त्र उम्मेदवार आवश्यक भएको बताए ।
गत भदौ २६ मा नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्बाङको निधन भएपछि इलाम क्षेत्र २ को प्रतिनिधिसभा निर्वाचन क्षेत्र रिक्त भएको छ । सोही रिक्त रहेको स्थानमा उप चुनाव हुन लागेको हो ।
Discussion about this post