काठमाण्डाै : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गृहमन्त्री रवि लामिछानेकाे राजीनामा मागेकाे छ । राप्रपाकाे प्रदर्शनमा व्यापक दमन गरिएकाे भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री लामिछानेकाे राजीनामा मागेका हुन् ।
पार्टीको जनप्रदर्शनपछि आयाेजित काेणसभामा लिङ्देनले ४० बुँदे मागमा गृहमन्त्रीकाे राजीनामाकाे माग थपिएपछि अब ४१ बुँदे भएकाे घाेषणा गरे ।
‘म गृहमन्त्री रवि लाछिानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौँ । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौँ । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ’, लिङ्देनले भने ।
Discussion about this post