चितवन । भरतपुर महानगरपालिका वडा नम्वर २८, पर्साबजार स्थित श्री आधारभूत विद्यालय सिसावासको ६५ औं वार्षिक उत्सवको अवसरमा स्वर्गीय प्रशान्त पोखरेलको स्मृतिमा परिवारजनले स्थापना गर्नुभएको श्री प्रशान्त पोखरेल स्मृति पुस्तकालय बुधवार पोखरेल परिवारले विध्यालयलाई हस्तानतरण गरेको छ । वार्षिक उत्सव एवं पुस्तकालय हस्तानतरण कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश शभा सदस्य ईश्वर सापकोटा ” सुमन” एवं स्वर्गिय प्रशान्त पोखरेलका हजुरबुवा लिला बहादुर पोखरेलले संयूक्त रुपमा रिवन काटेर उक्त पुस्तकालयको शुभारम्भ गर्नुका साथै स्वर्गिय प्रशान्त पोखरेलको शालिक अनावरण गरे |
प्रमुख अतिथि सुमनले स्वर्गिय प्रशान्त पोखरेल प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै पोखरेल परिवारले शिक्षाको ज्योती छर्ने उदाहरणीय कार्य गरेकोमा आभार प्रकट गरे ।
विद्यालयमा अध्यनरत बहुसंख्यक आदिवासी कुमाल जातिका सन्ततीको गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षा आर्जनमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे |
स्वर्गिय प्रशान्त पोखरेलका हजुरबुवा एवं पुस्तकालयका संरक्षक श्री लिला बहादुर पोखरेलले आफ्नो नातीको अल्पायू मै स्वर्गारोहण भए पनि नातिको स्मृतिमा स्थापित पुस्तकालयले आफ्ना नाति जस्तै धेरै नानी बावुहरुले उक्त पुस्तकालबाट शिक्षाको ज्योती प्राप्त गर्ने अवसर जुटेको भन्दै खुसी व्यक्त गुरे ।
भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष डण्डपानी रिजालले पोखरेल परिवारजन प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, विद्यालयको समग्र विकासका लागि वडा कार्यलयले सक्दो समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे |
पुस्तकालयका सस्थापक एवं वानेश्वर बहुमुखी क्याम्पसका उपप्रध्यापक बालसिंह पोखरेलले मेघौली भौगोलिक एवं पर्यटनाका लागि राष्ट्रकै अनुपम गन्तव्य रहेको तर शैक्षिक दृष्ट्रिकोणबाट अत्यन्त पछाडि परेका उल्लेख गरे ।
अनुपम श्रोतको परिचालन हुन नसक्दा सिगों राष्ट्रले नै क्षती व्यहोर्नुपरेको उल्लेख गरे ।
आजका बालबालिका भोलिका कर्णधार भएको उल्लेख गर्दै गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षाको विकास गर्नु अत्यावश्यक हुने पोखरेलको भनाई थियो ।
उक्त अवसरमा नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष एवं लस्ट होराईजन हेण्डी क्राफ्टका सञ्चालक विसाल कुमालले स्वर्गिय प्रशान्त पोखरेल प्रती श्रद्धा सुमन अर्पण गर्दै विद्यालयमा श्रोत सम्पन्न पुस्तकालय स्थापना हुनु हर्षित कार्य रहेको उल्लेख गरे ।
पोखरेल परिवारलाई धन्यबाद ज्ञापन गर्नुका साथै विध्यार्थीहरुले गुणस्तरीय एवं प्रतिसप्रधात्मक शिक्षा प्राप्त गरुन् तथा गरिवीका कारण शिक्षाबाट कोही बन्चित हुन नपरोस भनि छात्रवृत्ति कोषको स्थापना गरेको र आगामि दिनमा पनि विध्यालयलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे |
विध्यालययका प्रधानध्यापक उमेश आचार्यले गुणस्तरीय शिक्षा प्रदानका लागि पुस्तकालयको अत्यन्त आवस्यकता महुसश भईरहेको सन्दर्भमा श्रोत सम्पन्न पुस्तकालय प्राप्तहुनु अत्यन्त खुसीको विषय भएको र अवस्य पनि शैक्षिक गुणस्तर अभिबृद्धिका लागि ठूलो टेवा पुग्ने आशय व्यक्त गरे |
उक्त शभाका शभापती एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर कुमालले पुस्तकालय प्रदान गर्ने पोखरेल परिवार प्रती हार्दिक कृतज्ञता एवं पुस्तकालयको उच्चतम सदुपयोगमा गरिने प्रतिवद्धता व्यक्त गरे |
श्री आधारभूत विद्यालय सिसाबासका पूर्व विध्यार्थी प्रशान्त पोखरेलको मिति २०७३ बैशाष १३ गते अल्लपायू मै सवारी दुर्घटनामा निदन भएको थियो |
Discussion about this post