गौरीगञ्ज / गौरीगञ्ज बहुमुखी क्याम्पस, गौरीगञ्जमा हात्तीपाइले रोग विरुद्ध विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गौरादह जेसीजको आयोजनामा क्याम्पसमा आज कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यार्थीहरूलाई हात्तीपाइले रोग लाग्ने अवस्था , बच्ने उपाय र औषधि सेवन गर्नुपर्ने अवस्था आदिको बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथि गौरीगञ्ज बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सर्वतलाल राजवंशी रहेका थिए भने , प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने रहेकी थिइन् । कार्यक्रम सञ्चालन महासचिव जेसी ध्रुवचन्द्र अधिकारीले गरेका थिए ।
कार्यक्रममा प्रशिक्षण तथा सहजीकरण गौरीगञ्ज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले गरेका थिए ।
उक्त कार्यक्रम संयोजक गौरादह जेसीज वर्ष २०२४ कि कार्यकारिणी उपाध्यक्ष जेसी एकता पोखरेल रहेकी थिइन् । कार्यक्रममा विद्यार्थी माझ जेसीजको सामान्य परिचय विषयक सहजि करण गौरादह जेसीज वर्ष २०२४ का कानुनी सल्लाहकार भानु आचार्यले गरेका थिए ।
कार्यक्रममा ८० जना विद्यार्थी, प्राध्यापक चन्द्र खड्का, भक्त भण्डारी साथै जेसीजकर्मीहरुको सक्रिय सहभागिता रहेको संस्थाका अध्यक्ष जेसी खड्ग बहादुर थापाले जानकारी दिए ।
Discussion about this post