इलाम / पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
माई नगरपालिका ८ स्थित माई खोलामा डुबेर माई नपा ८ का विक्रम लिम्बूका छोरा वर्ष ११ वर्षे मिङसुहाङ लिम्बू र सोही स्थान बस्ने राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी वर्ष ८ वर्षे किस्मन आङदेम्वेको मृत्यु भएको हो ।
उनीहरुको आज दिउशो मृत्यू भएको हो ।
लिम्बुलाई पानीमा फेला पारेर उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
त्यस्तै आङदेम्वे पानीमा डुबेर हराएको र खोजतलास गर्ने क्रममा उनीहरू हराए भन्दा केही तल शव फेला परेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरको भनाई छ ।
Discussion about this post