Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । नेपालको राजनीतिले यतिबेला नयाँ मोड लिएको छ । जस्ले गर्दा हालको रहेको गठबन्धनको आयु अब धेरै देखिदैन । प्रतिनिधि तथा प्रदेश शभाको निर्वाचनमा भएको ५ दलिय गठबन्धनलाई नै पुनः व्युताउने तयारी नेताहरुले गरेका छन् ।
पुनः बन्ने भनिएको गठबन्धन पनि त्यति सहज भने देखिदैन । ५ दल मध्यका सत्तारूढ नेकपा माओवादीसहित तीन दलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गर्ने तयारी गरेका छन् । नेपालकाे नाममा राष्ट्रिय सहमति जुटाउन आज एमाले र कांग्रेससँग संवाद गर्ने निर्णय बैठकले गरेको थियो ।
राष्ट्रपतिका विषयमा छलफल गर्न हिजो बेलुकी नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका शीर्ष नेताहरू वैठकमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डसमेत सहभागी उक्त वैठकमा नेपाललाई राष्ट्रपतिकाे उम्मेदवारमा प्रस्तावित गर्ने सहमति जुटेकाे एक नेताले बताए । नेपाललाई सर्वसम्मत उम्मेदवार बनाउन पहल गर्ने निर्णय पनि भएकाे ती नेताकाे भनाइ छ ।
नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन अर्काे सत्तारूढ दल एमाले पनि सकारात्मक भइरहदा कांग्रेसले भने राष्ट्रपति आफूले पाउनुपर्ने दावी गरिरहेकाे छ । एमाले र माओवादी एक ठाउँमा आए राष्ट्पतिमा नेपालकाे दावेदारी बलियाे बन्नेछ । साथै अहिलेकाे सत्तारूढ गठवन्धन जाेगिन सक्ने देखिएको छ ।
प्रधानमन्त्री प्रचण्डले चरणवद्द रुपमा छलफल जारी रहेको र आज नेकपा एमाले तथा नेपाली काङ्ग्रेस दुवैसँग छलफल गर्ने बताएका छन् । यता नेपाली काङ्ग्रेस भने कुनै पनि हालतमा राष्ट्रपति आफुले पाउनुपर्ने माग गरिरहेको छ ।
Discussion about this post