वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाले डेङ्गु रोगको महामारीलाई न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रमलाई तीव्रता दिएको छ । डेङगु रोग सङ्क्रमणलाई न्यूनीकरणका लागि नगरपालिकाले वडा वडामा गएर सचेतनात्मक कार्यक्रमलाई प्राथमिकता दिएर अभियान सञ्चालन गरेको नगरपालिकाका सामाजिक विकास शाखाका अधिकृत अरुण मेहताले बताए ।
गएको वर्षहरूको तथ्याङ्कका आधारमा डेङगु रोगको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले वडा, वडामा गएर सरोकारवालाहरूलाई सहभागिता गराएर डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।
शुक्रवारबाट सुरु उक्त कार्यक्रम मङ्गलवार वडा नं ६ , वडा नं ७ र वडा नं ८ मा सम्पन्न भएको छ । यस अगाडि वडा नं १ र वडा नं २ मा सम्पन्न भएको थियो ।
वडा कार्यालयमा आयोजना भएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की , नगर उपप्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडाध्यहरु, शिक्षा शाखाका , सामाजिक विकास शाखा, स्वास्थ्य शाखाका प्रमुख, वडाका जनप्रतिनिधिहरू , वडामा रहेका कर्मचारीहरू, वडामा रहेका स्वास्थ्य संस्था, विद्यालयका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका, सङ्घ, संस्थाका प्रतिनिधिज्युहरु, राजनैतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
खोज र नष्ट गर अभियानलाई प्राथमिकतामा राखेर सुरु भएको उक्त अभिमुखीकरण कार्यक्रम डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहता सहजिकरण गरेका थिए ।
डेङगु रोग न्यूनीकरण र यसबाट सुरक्षित रहन व्यक्तिगत सरफाईमा लाग्न नगर प्रमुख रमेश कार्कीले आग्रह गरे । नगरपालिकाले आर्थिक रूपमा कमजोर परिवारका बिरामीहरूलाई डेङ्गु रोगको परीक्षण निःशुल्क गर्ने बताए ।
डेङगु रोगको लक्षण देखा परेका बिरामीहरूलाई नगरपालिकाले नगर भित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क परीक्षण , जीवनजल र आवश्यक औषधिहरूको व्यवस्थापन गर्ने छ । चतरा अस्पताल , नगर अस्पताल , मधु वन प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थामा आवश्यक तयारी र व्यवस्थापन गरिनेछ । व्यक्तिगत सरसफाइ , घर वरपरको सरसफाईमा लाग्न नगर बासीलाई आग्रह गरे । घर वरवरको पानी जम्ने खाडल पुर्न , पानी जम्न नदिन , सरसफाईमा लाग्न र डेङगुको लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था जान आग्रह गरे ।
नगरपालिकाले डेङगु सक्रमणलाई विपत्तकै रूपमा लिएर व्यवस्थापन , आवश्यकतालाई मध्यनजर गर्दै काम समेत सुरु गरेको र यसलाई प्रभावकारी रूप दिन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका तथा सामाजिक सङ्घ ,संस्थालाई नगर प्रमुख कार्कीले निर्देशन दिए ।
डेङ्गु सार्ने लामखुट्टेको वासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने लार्भा सर्च एन्ड डिस्ट्रोयर्ड ९ खोज नष्ट गर ० अभियानलाई टोल टोलमा पुर्याउने उनले बताए ।
Discussion about this post